देश विदेश

९०.६७ अंकले बढ्यो नेप्से

शेयर गर्नुहोस्

फागुन २०, काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बिहिबार ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा रोकिएको छ । पछिल्लो समय लगातार ओरालो लागेको नेप्सेमा साताको अन्तिमदिन भने उचाल आएको छ ।

आज २०६ कम्पनीको ६५ हजार १ सय ७४ पटकको कारोबारमा १ करोड ५२ लाख २७ हजार कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरमा खरिद बिक्रि भएको छ । यस्तै आज सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ अंक बढेको छ।

कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ। यस्तै अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४.७८ प्रतिशत बढेको छ।

बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *