कोरोना

साइप्रस मा शुक्रबार ५७ हजार टेस्ट गर्दा २७३ मा कोरोना

शेयर गर्नुहोस्

५ मार्च २०२१/ लिमासोल

पछिल्लो २४ घन्टामा साइप्रस भरि गरिएको कोभिड परिक्षणमा २७३ मा कोरोना संक्रमण पुस्टी भएको छ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार ५७ हजार ९२६ टेस्ट गर्दा २७३ मा कोरोना भेटिएको हो।  मन्त्रालयका अनुसार आज कोरोनाका कारण कुनै पनि मृत्यु नभएको बताइएको छ।  महामारी सुरु भए यता हाल सम्म २३२ जनाले कोरोनाबाट ज्यान गुमाई सकेका छन्।

आज गरिएको ५७९२६ टेस्ट मध्य ५५,६०० को र्यापिड एण्टीजेन टेष्ट गरिएको थियो भने २,३२६ को पीसीआर प्रबिधि मार्फत परिक्षण गरिएको हो।

आजको २७३ जना मध्य ५८ जनालाई कन्ट्याक्ट ट्रेसिङ्ग मार्फत, एक जना एयरपोर्ट बाट, २१ जना ब्याक्तिगत , ४ जना जेनेरल हस्पिटल ल्याब बाट र अन्य १८९ जनामा  भंने र्यापिड टेस्ट मार्फत फेला परेको हो। अहिले  लिमासोल मा कोरोनाको संक्रमण बढेको तथ्यांकले देखाएको छ।

व्यवसायीहरुमा ७६०५ टेस्ट गर्दा  ६ जनामा र  शैक्षिक क्षेत्रमा  १०३५८ टेस्ट गर्दा ११ मा कोरोना फेला परेको थियो।  सरकारले विभिन्न स्कुल जाने विधार्थि र शिक्षकलाइ पनि अनिवार्य कोरोना टेस्ट गर्न निर्देशन दिएको छजसको लागि निशुल्क टेस्ट गर्ने व्यवस्था मिलाइएको छ।

यो पनि पढ्नुहोस् : साइप्रसमा नेपाली महिला को मृत्यु, 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।