देश विदेश

मन्त्रीलाई ‘भाइरल’ भइने डर | देश परदेश

शेयर गर्नुहोस्

टिकटक पछिल्लो समयमा धेरैको लोकप्रिय भिडियो शेयरिंग सञ्जाल ।  भिडियो शेयरिङ सोसल नेटवर्किङका लागि नाम कमाएको त्यहि टिकटक यतिबेला कतिपयका लागि भनें टाउको दुखाई बनेको छ । पछिल्लो समयमा सामाजिक सञ्जाल, त्यसमा पनि टिकटकले नेपालका मन्त्रीहरुलाई पनि अत्याएको छ ।

वैदेशिक रोजगार बोर्डले पूर्व प्रस्थान अभिमुखिकरण तालिमका प्रशिक्षकहरुका लागि आईतवार आयोजना गरेको पुनर्ताजगि तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा श्रम मन्त्री गौरीशंकर चौधरीले त्यहि भय प्रकट गरे । सञ्चार माध्मयहरुले आफूलाई विना कारण खेदिरहेको गुनासो गरिरहेका मन्त्री चौधरीले अझ पछिल्लो समयमा टिकटकमा भिडियो हालेर भाईरल बनाउने प्रवृत्तिका कारण बोल्नै डर लाग्न थालेको बताए । “हिजोआज त यस्तो ठाउँ (सार्वजनिक समारोह) मा बोल्नै हुन्न”, मन्त्री चौधरीले भने, “के-के जोडजाड पारेर भाइरल बनाइदिन्छन् ।” केहि दिनयता वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले ‘मान्छेले रुखलाई अक्सिजन दिने र रुखले मान्छेलाई कार्वनडाईअक्साईड दिने’ भन्ने भनाई भाइरल भएको सन्दर्भमा मन्त्री चौधरीले बोल्नै डर लाग्न थालेको बताए ।

मन्त्री चौधरीले आफूले कुनै पनि मेनपावर कम्पनीहरुको संरक्षण गर्न नखोजेको र गलत काम गर्नेहरुलाई कारवाही गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकलाई निर्देशन दिएको भन्दै यसअगाडी सञ्चार माध्यममा आएका समाचारको खण्डन गरे । मन्त्री चौधरीले कुनै पनि मेनपावर कम्पनीमा अनुगमन गर्नु अगाडी आफूलाई जानकारी दिन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो । मन्त्री भएपश्चात मेनपावर कम्पनीप्रति नरम भएको आरोपका विच मन्त्री चौधरीले आईतवार आफूलाई गर्दै नगरेको काममा सञ्चार माध्यमहरुले अभियोग लगाएको भन्दै आफ्नो बचाउ गरेका हुन् ।

उनले संस्थागत रुपमा आउनेहरुसँग मात्र छलफल गर्ने गरेको र व्यक्तिगत रुपमा कुनै पनि मेनपावर कम्पनीका सञ्चालकलाई नभेटेको भन्दै आफूले त्यसरी आउनेहरुलाई आफ्नो कार्यकक्षमा आउन बन्देज नै लगाएको स्पष्टिकरण दिए । तर पनि आफूमाथि किन आरोप लागिरहेको छ भन्दै प्रश्न गरे ।

यो पनि पढ्नुहोस् सरकारी संयन्त्र मार्फत थप देशमा श्रमिक पठाउने प्रयास हुँदैछः मन्त्री चौधरी

२३ फाल्गुन २०७७, आईतवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11800/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *