देश विदेश

सिमेन्ट लिएर आउदै गरेको ट्रक त्रिशुलीमा खस्यो,दुई जनाको मृत्यु

शेयर गर्नुहोस्

फागुन २५, धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौं तर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ ।

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *