देश विदेश

वैदेशिक रोजगार विभागको अनुगमन टोली आएको सुईको पाएपछि अवैधानिक काम गर्नेहरुको भागाभाग | देश परदेश

शेयर गर्नुहोस्

वैदेशिक रोजगारमा जानेहरुको संख्या प्रदेश नं १ बाट ठूलो छ । संख्यात्मक रुपमा सन् २०१९ मा सवैभन्दा धेरै वैदेशिक रोजगारमा जानेहरु प्रदेश नं १ बाट नै देखिएका छन् । प्रदेश नं १ का सुनसरीको ईटहरी, झापाको विर्तामोड तथा दमकमा ठूलो संख्यामा वैदेशिक रोजगार सम्वन्धि काम गर्ने संस्थाहरुका कार्यालयहरु सञ्चालनमा छन् । ठूलो गुल्जार हुने ति कार्यालयहरुको अनुगमनमा वैदेशिक रोजगार विभाग, काठमाडौंबाट टोली पुगेको सुईंको पाएपछि भनें अहिले त्यहाँको दृष्य अर्कै छ ।

शाखा अधिकृत रामप्रसाद पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले विभागबाट अनुमति नलिई झापाको दमकमा शाखा कार्यालयका नाममा चलाइएको लायन्स ईन्टरनेशनल (लाइसेन्स नम्वर ३४०) को कार्यालय शील गरेको छ । यसैगरी विर्तामोडमा गरिएको अनुगमनका क्रममा मिमोसा ओभरसिजले पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिंदै गरेको पनि फेला परेको थियो । विभागको पूर्वस्विकृति विना नै अन्तर्वार्ता लिने सो मेनपावर कम्पनीको शाखा कार्यालयमा पनि अनुगमन टोलीले शील गरेको छ ।

अनुगमन टोलीमा संलग्न शाखा अधिकृत मात्रिका सापकोटाका अनुसार विभागको टोली अएको थाहा पाउनासाथ अवैधानिक रुपमा शाखा कार्यालयको नाममा कार्यालय खोलेर बसेकाहरु तथा अवैधानिक रुपमा काम गर्दै आएकाहरुको भागाभाग भएको छ ।

मेनपावर कम्पनीहरुले शाखा कार्यालय खोल्न वैदेशिक रोजगार विभागबाट अनिवार्य रुपमा अनुमति लिएको हुनु पर्दछ । हाल विभागमा २७ वटा मेनपावर कम्पनीहरुले विभिन्न शहरुहरुमा ४४ वटा शाखा कार्यालयहरु खोल्न अनुमति लिएका छन् । वैदेशिक रोजगारमा एजेण्ट सम्वन्धि व्यवस्था गत २०७५ सालमा नै खारेज गरिएको भएपनि हालसम्म विभिन्न मेनपावर कम्पनीका शाखा कार्यालयहरुको नाममा वा अवैधानिक रुपमा व्यक्तिगत काम गर्ने क्रम भनें जारी नै छ । सो कार्यलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले समय समयमा आकस्मिक अनुगमन गर्दै आएपनि गैरकानुनी शाखा कार्यालयहरु वा एजेण्टकै रुपमा काम गर्नेहरुले त्यसलाई जारी नै राखेका छन् ।

२६ फाल्गुन २०७७, बुधबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11817/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *