साइप्रस न्युज

साइप्रसमा आज २ को मृत्यु, ४१५ मा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस्

१० मार्च २०२१/ लिमासोल

स्वास्थ्य मन्त्रालयले आज ४१५ मा कोरोना संक्रमण भएको पुस्टि गरेको छ। बुधबार दिएइको जानकारी अनुसार कोरोनाका कारण २ बिरामिकोपानी मृत्यु भएको हो। गत वर्ष मार्च देखि  हाल सम्म २३३ जनाले ज्यान जुमाइसकेका छन्।   केहि दिन यता कोरोना संक्रमण मा तीव्रता आएको छ।  हिजो मंगलबार पनि  ४२० मा कोरोना देखिएको थियो।

संक्रमण तीव्र भए  संगै हस्पिटल भर्ना  हुने क्रम पनि बढेको छ।  आजको ताजा तथ्यांक अनुसार हस्पिटलमा १६५ जना भर्नारत छन् जसमध्य ३० जनाको अवस्था गम्भीर रहेको छ।

संक्रमण मा आएको तीव्रता का कारण मंत्री परिसदको बैठक पनि शुक्रबार सम्म लाइ स्थगित गरिएको छ।  सरकारको योजना अनुसार मार्च १६ देखि माध्यमिक विधालय, रेस्टुरेन्ट, होटेल, बार र क्याफे खुल्ने थियो त्यस्तै रातको कर्फ्यु पनि घटाइने भनिएको थियो।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *