देश विदेश

नेपालमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

शेयर गर्नुहोस्

 

फागुन २८, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२२५ जनामा गरिएको पिसिआर परिक्षणमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपलमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको मन्त्रालयको तथ्यांक छ ।

नेपलमा हाल सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ । पछिल्लो २४ घन्टामा भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप प्रयोगमा आएसंगै संक्रमणदर घट्न थालेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *