देश विदेश

स्वदेश फर्केकाहरुलाई रोजगारी सिर्जना तथा सहुलियतपूर्ण ऋणको बारेमा साँसदहरुले मागे जानकारी | देश परदेश

शेयर गर्नुहोस्

संसदमा वैदेशिक रोजगार गुमाएर स्वदेश फर्केकाहरुलाई प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । साँसदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले सो प्रस्ताव मंगलवार दर्ता गरेका हुन् ।

सो प्रस्तावमा स्वदेश फर्केकाहरुको पुनस्र्थापनाको लागि एउटा स्पष्ट मार्गचित्र सरकारले बनाउनु पर्ने माग गरिएको छ । प्रस्तावमामा भनिएको छः विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएका छन् । दशौँ हजार नेपाली युवा स्वदेश फर्कीसकेका छन् । तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल गरेको छैन। प्रस्ताव दर्ता गर्ने साँसदहरुले विदेशमा समस्यामा परेकाहरुलाई सरकारले उल्टै उद्दार उडानको नाममा महँगो चार्टर्ड उडानहरु गरेर कमिशनमा लिप्त रहेको आरोप समेत सरकारलाई लागेको उल्लेख गरेका छन् ।

यसैगरी वैदेशिक रोजगारका क्रममा विभिन्न कारणले निधन भएका मध्ये १ सय ७३ जना नेपाली श्रमिकको सम्वन्धित मुलुकमा नै अन्त्ष्ेष्टि गरिएका कारण उनीहरुको परिवारले आफ्नो प्रियजनको मुख समेत हेर्न नपाएको सो प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा कोभिड-१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए तथा कति स्वदेश फर्किए भन्ने विस्तृत विवरण सरकारसँग माग गरिएको छ । यसैगरी कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट के कस्तो सहयोग गरिएको छ त्यसको जानकारी पनि संसदलाई दिन माग गरिएको छ ।

वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमा नै बेरोजगार भएका व्यक्तिहरुलाई सरकारले के कस्तो राहत तथा रोजगारीको व्यवस्था गरेको छ र प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजनाका विषयमा विस्तृतमा जानकारी सरकारले दिनुपर्ने सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने साँसदहरुले माग गरेका छन् ।

यो पनि पढ्नुहोस् विदेश जान श्रम स्वीकृति लिने बढे

३ चैत्र २०७७, मंगलवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11838/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *