देश विदेश

साउदीले अव रोजगारीमा जानु अगाडी नै सीप परिक्षण गर्ने | देश परदेश

शेयर गर्नुहोस्

कुनै सीपमूलक रोजगारीमा साउदी अरव जानेहरुको अनिवार्य सीप परिक्षण हुने भएको छ । साउदी अरवले नै सीपयुक्त काममा आउने विदेशी श्रमिकलाई भित्रियाउनु अगाडी नै अनिवार्य रुपमा सीप परिक्षण गर्ने भएको हो । आगामी जुलाई देखि यस्तो कार्यक्रम सुरु हुने साउदी अरवको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

साउदी अरवले प्रतिस्पर्धी जनशक्तिलाई भित्रियाउन यस्तो व्यवस्था गर्न लागेको हो । सो कार्यक्रम अन्तर्गत साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलव्ध गराउनु अगाडी सो व्यक्तिको सीप परिक्षण सम्वन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने जनाएको छ ।

अरव न्यूजका अनुसार साउदी अरवको सो निर्णयको विभिन्न देशका दूतावासहरुले स्वागत पनि गरेका छन् । कार्यक्रम अनुसार सीपयुक्त काममा आउनेहरुको सीप परिक्षण सम्वन्धित मुलुकमा नै हुनेछ । यसका लागि अन्तराष्ट्रिय सीप परिक्षण केन्द्रहरुसँग समन्वय हुनेछ । यसैगरी साउदी अरवमा नै कार्यरतहरुको सीप परिक्षण पनि गरिने सो मन्त्रालयले जनाएको छ ।

साउदी अरवको सो कार्यक्रमको श्रीलंका, पाकिस्तान, ईण्डोनेशिया लगायतका मुलुकका राजदूतहरुले स्वागत गरेको समाचारमा उल्लेख गरिएको छ ।

५ चैत्र २०७७, बिहीबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11845/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *