देश विदेश

कतारमा न्यूनतम तलव कार्यान्वयन सुरु, १ हजार रियाल भन्दा कम दिन नपाइने | देश परदेश

शेयर गर्नुहोस्

कतारमा आज शनिवार देखि लागु हुनेगरी न्यूनतम तलव लागु भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले यस्तो घोषणा गरेको कतारको सञ्चार माध्यम द पेनन्सुलाले जनाएको छ ।

समाचारमा जनाइए अनुसार कतारले परिमार्जित कानुन नं १७, २०२० शनिवार देखि लागु गरेको हो । कतार सरकारको सो घोषणा सँगै अव देखि सवै कम्पनीहरुले न्यूनतम १ हजार रियाल तलव तथा अन्य सुविधा उपलव्ध गराउनु पर्नेछ । कम्पनीहरुले सोही अनुरुप श्रमिकसँगको रोजगार करारमा पनि संशोधन गर्नुपर्ने जनाइएको छ । खाना तथा आवास वापतको रकम छुट्टै उपलव्ध गराउनु पर्नेछ । नयाँ कानुन अनुसार खाना वापत ३ सय रियाल तथा आवास सुविधा उपलव्ध नगराइएको भएमा थप ५ सय रियाल प्रतिमहिना श्रमिकलाई दिइनु पर्नेछ ।

श्रम मन्त्रालयले सोही अनुरुप करारपत्र संशोधन गर्न शुक्रवार नै सुचना सार्वजनिक गरिसकेको समाचारमा जनाइएको छ । सन् २०२० को सेप्टेम्वरमा सो मन्त्रालयले ६ महिनाको समयावधि राखेर नयाँ कानुन जारी गरेको थियो । कतारको सो घोषणालाई आईएलओ लगायतका संस्थाहरुले ऐतिहासिक भन्दै स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस् सवै खाडी मुलुकलाई प्रभाव पार्न सक्ने कतारको महत्वपूर्ण निर्णय

श्रम मन्त्रालयले नयाँ व्यवस्थाले श्रमिक र रोजगारदातावीच असल श्रम सम्वन्ध निर्माण हुने र यसले कतारको श्रम बजारलाई थप व्यवस्थीत तथा उत्पादनमुलक बनाउने अपेक्षा गरेको छ । खाडी क्षेत्रमा कतार न्यूनतम ज्याला तोक्ने पहिलो मुलुक हो जसले कुनै पनि श्रमिकलाई उसको उत्पत्तिको मुलुकको आधारमा भेदभाव नगर्ने उद्देश्यल राखिएको जनाइएको छ । ६ महिना अगाडी गरिएको सो घोषणा पश्चात कतारले रोजगारदाता तथा श्रमिकहरुका लागि विविध भाषामा विभिन्न अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गरिएको सो मन्त्रालयको भनाई छ ।

नाकावन्दीमा कतारले गरेको प्रगति जो नेपालका लागि पनि सिक्न लायक छ

७ चैत्र २०७७, शनिबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11851/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *