देश विदेश

साउदी, कतार, युएई र मलेशियामा कोभिड संक्रमण कतै बढ्दो, कतै स्थीर | देश परदेश

शेयर गर्नुहोस्

छिमेकी मुलुक भारतमा कोभिड १९ का संक्रमितको संख्यामा तिव्र वृद्दि भएसँगै नेपालमा पनि उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरिसकेको छ । नेपालमा पनि पछिल्लो साता कोभिड १९ संक्रमितको संख्यामा वृद्दि हुँदै जाँदा यसले पुन: संकट सिर्जना हुने चिन्ता पनि हुन थालेको छ ।

नेपालमा मात्र होइन, धेरै नेपाली कार्यरत मुलुकहरुमा पनि कोभिड १९ को संक्रमणमा वृद्दि देखिएपछि ति मुलुकहरुले पनि सुरक्षा सतर्कता बढाएका छन् । साउदी अरेवियामा पछिल्लो दुई दिनमा लगातार दैनिक चार सय भन्दा बढी कोभिड १९ का संक्रमित देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । मंगलवार त्यहाँ ४ सय १० जनामा संक्रमण देखिएको हो । सोमवार त्यहाँ ४ सय ४ जनामा संक्रमण देखिएको थियो । यो सो मुलुकमा कोभिडका संक्रमितको बढ्दो संख्या हो । नोभेम्वर, २०२० यता सो मुलुकमा कोभिडका संक्रमितको संख्या चार सय नाघेको थिएन । कोभिड १९ का कारण हालसम्म साउदी अरेवियामा ३ लाख ८५ हजार ८ सय ३४ जनामा संक्रमण देखिएको छ ।

मंगलवार मात्र साउदी अरेवियामा पाँचजनाको कोभिडका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण साउदी अरेवियामा मृत्यु हुनेहरुको संख्या ६ हजार ६ सय १८ पुगेको छ ।

यसैगरी युएईमा मंगलवार २ हजार १ सय ७२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । सोमवार १ हजार ८ सय ७१ तथा आईतवार १ हजार ७ सय १७ जनामा कोभिड १९ को संक्रमण देखिएको युएईको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । हालसम्म युएईमा ४ लाख ४४ हजार ३ सय ९८ जनामा कोभिडको संक्रमण भएको छ । युएईमा १ हजार ४ सय ५१ जनाको सो संक्रमणका कारण मृत्यु भएको छ । १५ हजार भन्दा बढी सकृय संक्रमित रहेको सो मन्त्रालयको भनाई छ ।

यसैगरी कतारमा मंगलवार ५ सय ३४ जना कोभिड १९ का संक्रमित फेला परेका छन् । कतारमा हालसम्म १ लाख ७४ हजार ७ सय ६२ जना संक्रमित फेला परेका छन् जसमध्ये १ लाख ६१ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । कतारमा हालसम्म २ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । १३ हजारको हाराहारी सकृय संक्रमित रहेको जनाइएको छ ।

झण्डै चार लाख नेपाली कार्यरत मुलुक मलेशियामा हालसम्म ३ लाख ३५ हजार ५ सय ४० जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार २ सय ४४ जनाको मृत्यु भएको छ भनें ३ लाख १९ हजार ८ सय ४२ जना संक्रमण मुक्त भएका छन् । मंगलवार मात्र मलेशियामा १ हजार ३ सय ४४ जनामा कोभिड संक्रमित पहिचान भएका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11871/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *