देश विदेश

सामाजिक सुरक्षा कोषमा सवैभन्दा धेरै सूचिकृत बागमतीबाट, कर्णाली र सुदुरपश्चिमको न्यून | देश परदेश

शेयर गर्नुहोस्

सामाजिक सुरक्षा कोषमा सहभागि हुने योगदानकर्ताको संख्या १ लाख ९४ हजार नाघेको छ । गत चैत्र १० गतेसम्मको तथ्याङ्क अनुसार कोषमा सो मितिसम्ममा १ लाख ९४ हजार २ सय ८६ योगदानकर्ता सूचिकृत भएका छन् ।

कोषका अनुसार सवैभन्दा धेरै योगदानकर्ता बागमती प्रदेशबाट सूचिकृत भएका छन् । सो प्रदेशबाट १ लाख ४५ हजार २ सय ८६ योगदानकर्ता सूचिकृत भएका छन् । यसैगरी प्रदेश नम्वर १ बाट २० हजार ९ जना सूचिकृत छन् । यसैगरी प्रदेश नं २ बाट १३ हजार ७ सय ९४ जना सूचिकृत छन् ।

गण्डकी प्रदेशबाट सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेहरुको संख्या ७ हजार १ सय ५४ जना तथा लुम्विनीबाट ६ हजार ८ सय ८ जना सूचिकृत भएका छन् । सुदुरपश्चिम प्रदेशबाट ७ सय ६५ तथा कर्णाली प्रदेशबाट ४ सय ७० जना सूचिकृत भएका छन् ।

यसबीचमा १३ हजार ६ सय ७ रोजगारदाता कोषमा सूचिकृत भएका छन् । त्यसमध्ये सवैभन्दा धेरै ९ हजार ९९ रोजगारदाता बागमती प्रदेशका रहेका छन् । यसैगरी प्रदेश नम्वर १ बाट १ हजार ८ सय ६० जना सूचिकृत छन् । तेश्रोमा लुम्विनीबाट १ हजार १ सय ७३ तथा त्यसपछि गण्डकीबाट ६ सय १७ रोजगारदाता सुचिकृत भएका छन् । प्रदेश नम्वर २ का ५ सय ५०, सुदुरपश्चिमबाट १ सय ६५ तथा कर्णाली प्रदेशका १ सय ४३ रोजगारदाता कोषमा आवद्द भएका छन् ।

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको एक बर्ष भित्रै दुई लाखको हाराहारीमा श्रमिकलाई आवद्द गराउने लक्ष्य राखेको भएपनि हालसम्म पनि कोषमा आवद्द श्रमिकको संख्या दुई लाख पुग्न सकेको छैन । तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टलाई हटाएर रामेश्वर राय यादवलाई मन्त्री बनाएपछि कोषको गति सुस्ताएको हो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11874/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *