देश विदेश

कतारमा कोरोनाका चिन्ताजनक विरामी दोव्वर बढे | देश परदेश

शेयर गर्नुहोस्

कतारमा कोभिड-१९ को संक्रमणका कारण गम्भीर विरामी परेकाहरुको संख्या निक्कै बढेको छ । कतारले हाल आइसीयूमा राखेर उपचार गर्नुपर्नेहरुको संख्यामा ठूलो वृद्दि भएको जनाएको छ ।

कतारको सञ्चार माध्यम द पेनन्सुला कतारका अनुसार हाल कतारमा कोभिड-१९ को संक्रमण भएका ३ सय २ जना व्यक्तिको आइसीयूमा उपचार भइरहेको छ । यो कतारमा कोभिड १९ को पहिलो वेभको समयमा भन्दा दोव्बर रहेको जनाइएको छ ।

सन् २०२० को मे महिनामा भन्दा सन् २०२१ को मार्चमा कोभिड-१९ का गम्भीर संक्रमितको संख्या दोव्वर भएको सो समाचारमा जनाइएको छ । यसले विरामी पर्ने दर बढेको र गम्भीर समस्या हुने विरामीको संख्यामा पनि वृद्दि भएको सरकारी अधिकारीहरुलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

बेलायतमा देखिएको कोभिड-१९ को नयाँ भेरिएण्टका कारण पनि कतारमा कोभिड १९ का संक्रमितको संख्या थपिएको अनुमान छ । कोभिड १९ का कारण हालसम्म संसार भर १२ करोड ८२ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका छन् भनें मृत्यु हुनेहरुको संख्या २८ लाख नाघेको छ । संक्रमित मध्ये १० करोड ३४ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

कोभिडका संक्रमितहरुको संख्या संयुक्त राज्य अमेरिकामा सवैभन्दा धेरै छ । त्यहाँ ३ करोड १० लाख भन्दा बढीलाई कोभिडको संक्रमण भएको छ । नेपाल ५० औं स्थानमा छ । नेपालमा हालसम्म २ लाख ७६ हजार व्यक्तिलाई कोभिड संक्रमण भएको छ भनें ३ हजार २७ जनाले ज्यान गुमाई सकेका छन् । कतारमा हालसम्म १ लाख ७८ हजार भन्दा बढीलाई संक्रमण भएको छ भनें २ सय ८६ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको संक्रमण बढेसँगै कतारले सार्वजनिक स्थानमा यात्रा तथा भेलामा निक्कै कडाई गरेको छ । सो सम्वन्धि समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।

१७ चैत्र २०७७, मंगलवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11895/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *