साइप्रस न्युज

नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मन्च साईप्रस लोकराजको अध्यक्षतामा गठन

शेयर गर्नुहोस्

नेपालमा सत्ता साझेदार ने.क.पा.फुटेपछि लगभग तिन महिना पश्चाप्त नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च साइप्रस गठन गरिएको छ । कम्युनिष्ट विचारधारा बोकेका लोकराज रोका मगरको अध्यक्षतामा एक्काईस सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

होलीको अवसर पारेर नेकपा एमालेका विदेश विभाग प्रमुख एवमं प्रधानमन्त्रि केपी ओली शर्माका सल्लाहकार डा. राजन भट्टराईको प्रमुख अतिथ्यता एवमं श्यामलाल नेपालीको संचालनमा भएको भर्चुवल छलफलबाट प्रवासी नेपाली मन्च गठन गरिएको हो । छलफल कार्यक्रममा प्रवासी नेपाली मन्च युरोप शाखाका संयोजक पुष्पराज तिमिल्सीनले अध्यक्षमा मगर र सचिवमा श्यामलाल नेपालीलाई सर्बसम्मत रुपले चयन भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा मन्च पोर्तुगलका सल्लाहकार गोविन्द पौडेल , बाग्मती प्रदेश सदस्य महोन लामा लगाएतको उपस्थिति रहेको थियो । केही दिन पहिले सर्बोच्चले नेकपा एमाले तथा नेकपा माओबादी केन्द्रलाई पुरानै पार्टीको रुपमा फर्काएपछि साईप्रसमा रहेको प्रवासी नेपाली एकता मन्च पनि फुटेको हो । कम्युनिष्ट विचारधारा बोकेका साईप्रसका समाजिक अभियान्ता धतानन्द पाण्डे लगाएतहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *