प्रवास

पत्रकार महासंघ युरोप शाखाको निर्वाचन समिती बाट नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान

शेयर गर्नुहोस्

द्रोण रिजाल, नेदरल्याण्ड्स ,नेपाल पत्रकार महासंघ युरोप शाखाको फेब्रुअरी २० तारिखका दिन भएको अधिवेशन पस्चात मार्च २६ तारिख शुक्रबारका दिन पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष दिलिप थापामगर,केन्द्रिय प्रतिनिधि चिरन शर्मा सहित निर्वाचन पर्यवक्षक नरेश खपाङी मगर, निर्वाचन आयुक्त राजेश चाम्लिङ, सदस्य सचिब डा उदयदेव आचार्य, सदस्य किशोर लिम्बु सहितको सहभगितामा नयाँ कार्यसमितिको चयन भएको थियो । नेपाल पत्रकार महासंघ युरोप शाखाको सम्रक्षकहरुमा पुष्प बरुवाल, पञ्चम अधिकारी र राजकुमार दिक्पाल चयन गरेको थियो । शाखाको अध्यक्षमा प्रेम परियार चयन भएका थिए ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा महिन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका थिए ।

यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका निर्वाचन समितिले जानकारी गराएको थियो ।  सम्पूर्ण नयाँ कार्यसमितिलाई शुभकामना सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

नयाँ कार्यसमितिलाई बधाई र शुभकामना दिदै केन्द्रिय उपाध्यक्ष दिलिप थापामगरले युरोपमा बसेर पत्रकारितामा लगनसिल भएर काम गर्दै युरोप भरी नेपाली पत्रकारितालाई उचाइमा पुर्याउन शाखा सफल भएको खुशी ब्यक्त गर्दै अबको नयाँ कार्यसमितिले महासंघलाई थप गरिमा बढाउनेमा कुनै दुबिधा नरहने र कुनै बिचलनमा नपरी कार्य अघी बढाउन सुझाब दिदै आफु शाखालाई आवश्यक परे कुनैपनी बेला सहयोग गर्न पछी नपर्नेमा जोड दिएका थिए । नयाँ यो कार्यसमिती नै बैध्य रहेको जानकारी गराउदै नयाँ उत्साहका साथ अगाडि बड्न उत्प्रेरित गर्दै केन्द्रिय प्रतिनिधि चिरन शर्मा र अधिवेशन पर्यवक्षक साथै बेलायत शाखाका अध्यक्ष नरेश खपाङी मगर शुभकामना दिएका थिए । सन्थापकहरुको सम्मान गर्दै आगामी दिनमा पारदर्शी रुपमा शाखाका गतिबिधिहरु अगाडि बड्नेमा कुनै दुबिधा नरहने र सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबध्धता नवनिर्वाचित अध्यक्ष प्रेम प्ररियारले राखेका थिए । कार्यक्रमको सन्चालन निवर्तमान अध्यक्ष केजिन राईले गरेका थिए भने युरोप भरिका ३५ जना पत्रकारहरुको उपस्थिती थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *