देश विदेश

युरोपियन देश ग्रिसमा एक पत्रकारलाई गोलीहानी हत्या

शेयर गर्नुहोस्

युरोप , युरोपियन देश ग्रिसमा पत्रकारलाई शुक्रवार दुई बन्दुखधारीहरुले हत्या गरेका छन । बन्दुकधारीहरुले ग्रिसको राजधानी एथेन्समा घर नजिकै चर्चित पत्रकार एवमं स्टार टिभीका लागि कानुन , अपराध सम्बन्धी लेख्दै आउनुभएका जर्ज करैभाजलाई हत्या गरेको स्थानिय मिडियाहरुले जनाएका छन । पत्रकार जर्ज कानुन सम्बन्धि कार्यक्रमहरु चलाएर ग्रिसमा चर्चित पत्रकारहरु मध्ये एक एक रहेको रुटरलाई हवाला दिदै साईप्रस मेलले समाचार बनाएको छ ।

पत्रकार जर्जको हत्यामा संलग्नलाई पक्राऊ गर्नका लागि ब्यापक खोजी निति भैरहेको ग्रिस सरकारकी प्रवक्ता अरिस्टोटेलिया पेलोनीले बताउनु भएको छ । प्रवक्तका अनुसार कराईवाजलाई शुक्रबार दिउँसो मोटरसाइकलमा दुईजना बन्धुकधारीहरुले एथेन्सको दक्षिणी भागमा रहेको अलिमोसमा आफ्नो घर नजिकै धेरै राउन्ड गोली हानेको जानकारी दिनुभएका छ । घटनास्थलबाट १२ वटा बुलेट क्यासिंगहरू संकलन गरिएको नाम नभन्ने सर्तमा एक पुलिस अधिकारीले जानकारी दिनुभएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *