देश विदेश

सामाजिक सुरक्षा कोषमा २०७८ असार मसान्तभित्र योगदान सुरु गर्नेलाई सुविधा | देश परदेश

शेयर गर्नुहोस्

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को दोश्रो संशोधनले दिएको सुविधा उपभोग गर्न आग्रह गर्दै कोषमा सूचीकरण हुन आग्रह गरेको छ । कोषले एक विज्ञप्ती जारी गर्दै २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरुका लागि विभिन्न व्यवस्था गरिएको भन्दै त्यसको लाभ लिन आग्रह गरेको हो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को दोस्रो संशोधनले वृद्द अवस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको जनाइएको छ । २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरुले चाहेमा निवृत्तिभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा हस्तान्तरण गर्न सक्ने, अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रदान गर्न सकिने लगायतका व्यवस्था रहेको जनाइएको छ ।

कोषले रोजगारदाता, श्रमिक र सरोकारवाला समेतको सुझावलाई समेटी वित्तिय दीगोपनको पक्षलाई समेत ध्यानमा राख्दै योजनाहरु समयसापेक्ष र योगदानकर्तामैत्री हुने गरी कार्यविधिको दोश्रो संशोधन गरिएको साथै निवृत्तिभरण लगायत कार्यान्वयनमा आउन समय लाग्ने अन्य योजनाहरुलाई थप प्रभावकारी बनाउन कोष प्रयत्नरत रहने जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11942/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *