देश विदेश

विदेशी श्रमिकको तलव सुरक्षाका लागि नयाँ प्रणाली लागु हुँदै | देश परदेश

शेयर गर्नुहोस्

 

मलेसियामा कार्यरत श्रमिकले काम गरेवापत रोजगारदाताबाट प्राप्त गर्ने तलवमा हुने ठगि रोक्न त्यहाँको सरकारले ई-वेज पद्दती लागु गर्ने भएको छ । निकट भविष्यमा लागु गरिने सो पद्दतीबाट स्वदेशी तथा विदेशी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले रोजगारदाताले प्रतिवद्दता जनाएको तलव तथा सुविधा श्रमिकले पाउने सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस विषयमा मन्त्री शरभनानले हालै गृह मन्त्रीसँग छलफल गरेको जनाइएको छ । सो पद्दती लागु गर्ने अन्तिम अवस्थामा रहेको समेत जनाइएको छ । यो नयाँ पद्दतीले रोजगारदाताले आफ्ना श्रमिकलाई तलव तथा सुविधा उपलव्ध गराए नगराएको बारेमा जाँच गर्न सकिने र ज्याला सुरक्षाको काम हुने उद्देश्य राखिएको छ ।

मन्त्री शरभनानले क्वालालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमा यो पद्दती लागु भएपछि हरेक महिना ७ तारिखभित्र कुन कुन रोजगारदाताले आफ्ना श्रमिकलाई उपलव्ध गराउनु पर्ने तलव, सुविधा उपलव्ध गराए भन्ने जानकारी प्राप्त हुने जसका कारण समयमै तलव उपलव्ध नगराउनेलाई नियन्त्रण गर्न सकिने बताए । हाल कतिपय रोजगारदाताले नै आफूसँग काम गर्ने विदेशी श्रमिकलाई पक्राउ गराउन प्रहरीमा उजुरी गर्ने र आफूले ति श्रमिकलाई तिर्नुपर्ने तलव वापतको बक्यौता रकमबाट बच्ने गरेको पनि मन्त्री शरभनानको भनाई छ ।

मन्त्री शरभनानले ई-वेज प्रणाली लागु भएपछि कुन कुन रोजगारदाताले कहिलेसम्मको तलव सुविधा उपलव्ध गराएका छन् र कहिले देखिको बाँकी छ भन्ने विषय सहर्ज पहिचान हुने र यसले रोजगारदातालाई बदमासी गर्न रोक्ने पनि बताए । त्यस्तो कार्य गर्ने रोजगारदातालाई कारवाही गर्न पनि सरकारलाई सहज हुने उनको भनाई थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11944/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *