देश विदेश

विदेशी श्रमिकलाई स्वास्थ्य बीमा अनिवार्य बनाउने कानुन सुरा काउन्सीलद्दारा पारीत | देश परदेश

शेयर गर्नुहोस्

कतारको सुरा काउन्सीलले विदेशी श्रमिकका लागि समेत स्वास्थ्य बीमा अनिवार्य गर्नेगरी तयार पारिएको नयाँ कानुन पारित गरेको छ । कतारमा रोजगारीका लागि आउने तथा भ्रमणमा आउनेहरुको पनि स्वास्थ्य बीमा अनविार्य गर्ने सो कानुनमा व्यवस्था छ ।

दोहान्यूजका अनुसार मोम्मद अल मोहमुदको अध्यक्षतामा बसेको काउन्सीलको बैठकले सो कानुनको मस्यौदामा छलफल गरी पारीत गरेको हो । सो कानुनमा आवासिय अनुमति जारी हुनु अगाडी विदेशी श्रमिकको स्वास्थ्य बीमा गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसले कतारमा रहँदा कुनै स्वास्थ्य समस्या आईपरेमा उपचारका लागि समस्या नहुने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

यो नयाँ कानुन लागु भएमा कतारको भ्रमण गर्नेहरु तथा आप्रवासी श्रमिकले उनीहरुको बसाई अवधिको स्वास्थ्य बीमा गरिएको प्रमाण पेश गर्नुपर्नेछ । आप्रवासी श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने भएका कारण यस्तो शुल्क रोजगारदाताले श्रमिकसँग लिन पाउँदैनन् । सो कानुन पारीत गर्दै सरकारलाई पठाइएको जनाइएको छ ।

खाडीका मुलुकहरुमा सरकारले बनाउने कानुन लागु हुनुपूर्व सुरा काउन्सीलमा राय सल्लाहका लागि पठाउनु पर्दछ । सुरा काउन्सीलले सो ऐनमा गरिएको प्रावधानलाई ईस्लाम धर्मको दृष्टिकोणबाट हेर्ने गर्दछ । सामान्यतथा सुरा काउन्सीलबाट पारीत भएको कानुनलाई मन्त्रीपरिषदले पारित गर्ने र निश्चित समयावधि पश्चात त्यो कार्यान्वयनमा आउने गर्दछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11950/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *