देश विदेश

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना

शेयर गर्नुहोस्

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश शहरमा स्थापना हुने गार्डेनले महत्वपूर्ण भूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुुझ्न सहज हुनेछ ।”

स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्यमुनि बुुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुरोध गरिएको जानकारी दिए । शान्तिका अग्रदूूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुुरोध गर्दै उनले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको र खुुशी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखेका थिए ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे । फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

कतिपय विकसित मुुलुक सम्पन्न हुुँदाहँुदै पनि हत्या र हिंसाका घटना भइरहेका र शान्तिको खोजीमा रहेको परिस्थितिमा बौद्ध दर्शनको महत्वपूर्ण पाटो अहिंसा र शान्तिलाई अघि बढाउन चाहेकाले स्पेनले शान्ति प्रवद्र्धनका लागि सम्मेलनको आयोजना गरेको जनाइएको छ ।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुइलेरम्मो फर्नाण्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेम्म भ्रमण गरेका थिए । लुुम्बिनी गार्डेन फाउण्डेशनका आयोजनामा भएको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाका साथ लुुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीलगायतको सहभागिता थियो ।

बुद्ध र बौद्ध दर्शनसँँग जोडिएका चार वटै पालिकाबाट लगिएको माटामा नेपालकै पीपलको वृक्ष रोपेर उद्यान निर्माणको शुभारम्भ भएको जनाइएको छ । उद्यानमा अत्यन्तै महँगो अर्थात् रु दुई अर्ब मूूल्य अनुुमान गरिएको धातुुको ४० मिटर अग्लोे बुुद्धको मूूर्ति स्थापना गर्ने सोच अघि बढाइएको छ । एक सय सात हेक्टर जमीनमा निर्माण हुने उद्यानको मुख्य प्रवेशद्वारमा बुुद्ध नेपालमा जन्मिएका हुुन् भन्ने सन्देश लेखिने जानकारी दिइएको छ । उद्यानमा नेपालको कला, कौशल, सांस्कृतिक वेशभूूषा, पोखरी, ढुुङ्गेधारा, शान्तिस्तूप, अशोकस्तम्भजस्ता संरचना निर्माणले नेपालको लुम्बिनी क्षेत्रका झझल्को दिनेछ । उद्यान स्थापनाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुुग्ने विश्वास गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/243682/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *