देश विदेश

मानव बेचविखनको अभियोगमा एकजना पक्राउ | देश परदेश

शेयर गर्नुहोस्

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।

गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले जानकारी दिए । गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भट्टद्वारा सोमवार जारी गरिएको सूचनामा उल्लेख छ । रासस


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11960/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *