साइप्रस न्युज

साईप्रसमा माधव नेपाल पक्षीय प्रवासी नेपाली मन्च गठन

शेयर गर्नुहोस्

पुरन मगर
युरोप , साईप्रस , नेकपा एमालेको केन्द्रमा विवाद चलिरहेको अवस्था साईप्रसमा माधव नेपाल पक्षीय प्रवासी नेपाली मन्च गठन भएको छ । चैत ३० गते नेकपा एमालेका बरिष्ठ नेता एवमं पुर्ब प्रधानमन्त्रि माधव कुमार नेपाल ,बरिष्ठ उपाध्यक्ष भिम बहादुर रावल , केन्द्रिय सदस्य एवमं प्रवास कमिटी मध्यपुर्व इन्चार्ज श्रीप्रसाद साह, केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज रामकुमारी झाक्री ज्यु हरुको उपस्थितिमा चिन्तन बुढामगरको अध्यक्षता समति गठन गरिएको हो ।

नेकपा एमालेलाइृ अझै मजबुद एवमं शुद्धिकरण गर्ने अभियान अन्तरगत प्रवासीनेपाली मन्च साईप्रस गठन गरिएको हो । जसको बरिस्ठ उपाध्यक्षमा आयुस्मा गुरुङ उपाध्यक्षमा सबिना राना, महासचिवमा ,गोमा माझि सचीवमा बुद्धि मान तामाङ र कोषाधक्षमा नानू लिम्बु र यलिशा तामाङ रहनु भएको छ भने सदस्यहरुमा दिपिका आले ,आरती देबि महतो , कुमारी समाल मगर , हिमाल सिन्जाली मगर , तेज राना , प्रेम मिजार ,प्रबिन पुन मगर , निरोज मैनाली ,विष्णु बुधाथोकी , सुनिता राना , कुमारी पुर्जा मगर , निस्मा पुन , दिलिसा थापा , राजन लिम्बू , दिलमाया पुन मगर , अमिसा लिम्बू , माया तामाङ , लक्ष्मी चौधरी लगाएत रहनु भएको छ ।

साइप्रसमा स्थापित विभिन्न राजनैतिक , जातीय,भाषिक तथा भौगोलिक संघ सस्था हरु सङ्ग परेको बेला सहकार्य गर्न तत्पर रहने छ मन्चका अध्यक्ष चिन्तन बुढामगरले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *