देश विदेश

हतियारसहित एकजना पक्राउ

शेयर गर्नुहोस्

इनरुवा । सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए ।

गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ । मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । रोजा पर्व मनाउनका लागि ससुराली घर जुद्धगञ्जमा आएको बेलामा विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मन्सुरीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/243973/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *