देश विदेश

‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ को स्थापना, पूर्वाधार निर्माणमा लगानी गरिने

शेयर गर्नुहोस्

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआएनए) ले १० अर्ब बराबरको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’को स्थापना गरेको छ। संघले लगानी भित्र्याउने अठोटका साथ नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा ०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेड’ दर्ता गराएको थियो। यो कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहेको छ।

यसमा नेपाल सरकारले ५० करोड रुपैयाँ लगानी गर्नेछ। सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरूको बीचको पुँजीलाई नेपालमा भित्र्याई उत्पादनमूलक र रोजगारीमूलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गरे।

मन्त्री पौडेलले गैरआवासीय नेपालीको पुँजी मात्रै भित्र्याउने भन्दा पनि वैदेशिक लगानी भित्र्याउनमा सहयोग पुग्ने गरी काम गर्नपर्नेमा जोड दिए। वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकूल वातावरण निर्माण गरिदिने मन्त्री वौडेलको भनाई छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीले व्यक्तिगत रूपमा धेरै अगाडिदेखि लगानी गर्दै आएको भए पनि सन् २०१२ देखि सामूहिक रूपमा लगानी भित्र्याउन सुरु गरेको बताए। अहिले पनि १० अर्ब रुपैयाँ सामूहिक लगानी गरी देशको विकास पूर्वाधारहरूमा लगानी गर्ने योजनाअनुसार काम सुरु गरिएको उनको भनाई छ। उनले नेपालको पूर्वाधार विकासमा लगानी केन्द्रीत हुने बताए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244174/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *