देश विदेश

फोन गरेको भरमा ९० वर्षकी महिलाको ३ अर्ब ८५ करोड रुपैयाँ लुटियो

शेयर गर्नुहोस्

काठमाडौं। हङकङमा केही चतुर चोरहरुले ९० वर्षकी एक महिलाको २५० मिलियन हङकङ डलर (३ अर्ब ८५ करोड रुपैयाँ) लुटेका छन् । यसलाई हङकङको इतिहासकै सबैभन्दा ठूलो ‘फोन स्क्याम’ मानिएको छ । यी महिला हङकङका प्रतिष्ठित व्यक्तिमध्येमा गनिन्छिन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पुलिसले यो घटनाका सम्बन्धमा १९ वर्षका एक विश्वविद्यालय छात्रलाई पक्राउ गरेको छ । फोन स्क्याम गर्नेहरुको एक खाताबाट ९ मिलियन हङकङ डलर बरामद पनि गरिएको छ । पुलिसले यो खाता फ्रिज गरेको छ तर स्क्यामरहरुले अरु पैसा गायब पारिसकेका छन् ।

पुलिसका अनुसार यी महिलालाई एउटा फोन आएको थियो । फोन गर्नेले आफूलाई प्रवर्तन अधिकारी भनेका थिए । पुलिस स्रोतका अनुसार यी महिलालाई उनको पहिचान केही खतरनाक अपराधीहरुले प्रयोग गरिरहेको र यसकारण उनलाई निकै समस्या हुन सक्ने बताइएको थियो । फोन गर्नेले उनलाई आफ्नो खातामा भएको पैसा ट्रान्सफर गर्न सल्लाह दिएका थिए ।

पैसा ट्रान्सफर गरेपछि उनको पैसा गैरकानुनी हो कि होइन भन्ने जाँच गरिने बताइएको थियो । यी महिलालाई चीनमा एउटा अत्यन्तै गम्भीर आपराधिक केसमा उनको पहिचान प्रयोग भइरहेको बताइएको थियो । यो कुराले महिला निकै डराएकी थिइन् । उनलाई जाँचपछि उनको पैसा उनकै खातामा फिर्ता पठाइने भएकोले चिन्ता नगर्न भनिएको थियो ।

महिलाले फोनमा भनिएको कुरा विश्वास गरेर पैसा ट्रान्सफर गरिन् तर पछि उनको पैसा फिर्ता आएन । पैसा फिर्ता नआएपछि उनलाई शंका भयो र उनले पुलिसमा खबर गरिन् । पुलिस स्रोतका अनुसार सबैभन्दा पहिले यी महिलाको घरमा एक विद्यार्थी गएका थिए । यी विद्यार्थीले महिलालाई फोन पनि दिएका थिए । यही नम्बरमा महिलालाई स्क्यामरले फोन गरेका थिए ।

स्क्यामरले महिलालाई पैसा ट्रान्सफर गर्न भनेपछि महिलाले पैसा तीन फरक फरक खातामा जम्मा गरेकी थिइन् । यसका लागि महिलाले ५ महिनामा ११ पटक ट्रान्जेक्सन गरेकी थिइन् । यसअघि पनि युएन लंगमा बस्ने ६५ वर्षकी एक महिलासँग पनि फोन स्क्यामरले ६८.९ मिलियन डलर ठगेका थिए । हङकङमा फोन स्क्यामका घटना यस वर्ष निकै बढेको देखिएको छ । २०२० मा फोन स्क्यामका १६९ केस भेटिएका थिए । २०२१ मा भने अहिलेसम्म मात्रै २०० केस भेटिइसकेका छन् ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244209/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *