देश विदेश

मलेसियामा विदेशी श्रमिकलाई कोरोनाको खोप दुई महिनापछि मात्रै, अवैधानिक रुपमा बसेकाहरुलाई पनि भेदभाव नगर्ने प्रतिवद्दता | देश परदेश

शेयर गर्नुहोस्

मलेसियामा कार्यरत विदेशी श्रमिकलाई तेश्रो चरणमा मात्र उपलव्ध हुने त्यहाँका एक मन्त्रीले बताएका छन् । मलेसियाका विज्ञान, प्रविधि मन्त्री खेरी जमालुद्दिनले आर्थिक क्षेत्रका लागि सुरु हुने तेश्रो चरणको खोप अभियानमा मात्र विदेशी श्रमिकले कोभिड-१९ विरुद्दको खोप पाउने बताएका हुन् । सो खोप अभियान आगामी जुनमा सुरु हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्री सहित आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जमालुद्दिनले जुन महिनामा खोपको थप मात्रा आइपुग्ने अपेक्षा गरिएको बताएको स्थानीय सञ्चार माध्यम मलेसिया किनीले लेखेको छ । यस अगाडी उनले कागजातविहिन (अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिक) हरुलाई पनि खोपमा विभेद नगरिने र खोप लगाउन आएकाहरुलाई धरपकड नगरिने बताएका थिए ।

तर आप्रवासी श्रमिकहरुले भनें मन्त्री जमालुद्दिनको भनाईमा संशय प्रकट गर्दै आएको समाचारमा जनाइएको छ । मलेसियाले कागजातविहिन श्रमिकलाई पक्राउ गर्न लगातार धरपकड अभियान चलाइरहेका कारण उनीहरुमा अविश्वास पैदा भएको जनाइएको छ । कोभिड १९ को समस्या सुरु भएपछि अध्यागमन विभागले चलाएको त्यस्तो अभियानमा सयौं व्यक्ति पक्राउ परेका थिए ।

मलेसियामा कोभिड-१९ विरुद्दको खोप लगाउन विदेशी श्रमिकको नाम दर्ता गर्ने जिम्मेवारी सम्वन्धित रोजगारदाताको हुने सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । त्यसरी नाम दर्ता गर्दा उनीहरुको वैधानिक बसाईको कागजात नखोजिने उनीहरुले प्रष्ट पार्दै आएका छन् ।

मलेसियाली रोजगारदाता महासंघ (एमईएफ) का अनुसार हाल मलेसियामा १३ लाख ८० हजार विदेशी श्रमिक वैधानिक रुपमा कार्यरत छन् । कोभिडको महामारी सुरु भएपछि स्वदेश फर्केका हजारौं विदेशी श्रमिक मलेसिया फर्किन पाएका छैनन् । यसले मलेसियामा श्रमिकको अभाव भएको भन्दै विदेशी श्रमिकलाई मलेसिया आउने व्यवस्था मिलाइदिन केहि समय अगाडी नै रोजगारदाताहरुको संगठनले आग्रह गरिसकेको छ ।

#COVID19 #COVID-19

७ बैशाख २०७८, मंगलवार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11962/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *