देश विदेश

देशको संरचनाले धान्न नसक्ने गरी कोरोना बढिरहेको छ : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस्

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण डरलाग्दो तरिकाले बढिरहेको जनाएको छ। बुधबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशको संरचनाले धान्न नसक्ने गरी कोरोना बढिरहेको जानकारी दिए।

याे पनि:  हाम्रो स्वास्थ्य प्रणालीले कोरोनाको दोस्रो लहर थेग्न सक्छ ?

प्रवक्ता गौतमले भने, ‘देशमा संक्रमणको दर अत्यधिक बढिरहेको छ। हरेक ४ दिनमा कोरोना संक्रमित हुनेको संख्या डबल भइरहेको छ। अब देशमा भएको संरचनाले धान्न नसक्ने गरी कोरोना बढेको हुँदा नागरिकको जीवन रक्षाका लागि सहयोग गर्न सबैमा अनुरोध गर्दछु।’

डा. गौतमले स्वास्थ्य मन्त्रालयको तर्फबाट विषेश अनुरोध भन्दै अत्यावश्यक काम नपरी बाहिर ननिस्किन, आफ्नो नियमित काम अनलाइनको माध्यामबाट गर्न र सबैले जिम्मेवार बनिदिन पनि सबैमा आग्रह गरेका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार २ हजार ३ सय ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा १० हजार ५ सय ८२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

हालसम्म होम आइसोलेसनमा ९ हजार बढी रहेको र संस्थागत आइसोलेसमा ८ सय ३६ रहेको प्रवक्ता गौतमले जानकारी दिए। आज ८ सय ३ जनाको एन्टिजेन र ८ हजार ८ सय ४४ जनाको पिसिआरबाट टेस्ट भएको पनि प्रवक्ता गौतमले जानकारी दिए।

समूदायमा कोरोना फैलिएको डा. अर्चना श्रेष्ठ

काठमाडौं विश्वविद्यालयकी प्राध्यापक तथा इपिडिमियोलोजिष्ट डा. अर्चना श्रेष्ठले समूदायमा कोरोना फैलिएको दावी गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विभिन्न डाटाहरुलाई विश्लेषण गर्दा समूदायमा कोरोना फैलिएको जानकारी दिएकी हुन।

डा. श्रेष्ठका अनुसार टेस्ट पोजेटिभिटीको दर गत चैत्रदेखि बढ्दै गइरहेको छ। ‘हामीले गर्ने परीक्षणको कति प्रतिशतसम्म पोजेटिभ भए भन्ने देखाउनेलाई नै पोजेटिभिटी भनिन्छ’, डा. श्रेष्ठले भनिन्, ‘जम्मा टेस्ट गरेको ५ प्रतिशत पोजेटिभ देखिनुलाई पनि हामीले उच्च ठान्छौं। तर, पछिल्ला केहीदिनमा यो संख्या बढेर १० प्रतिशतभन्दा माथि पुगेको छ। यसको अर्थ कोरोनाको संक्रमण समूदायमा पनि पुग्यो भन्ने हो।’

डा. श्रेष्ठका अनुसार नेपालमा वाग्मती प्रदेशमा कोरोनाको सं्रक्रमण ह्वात्तै बढेको हो। उनले भनिन्, ‘अहिले महिला पुरुषको संख्यालाई विश्लेषण गरेर हे¥यौं भने पनि कोरोना समूदायमा फैलिएको थाहा हुन्छ। नेपालमा पुरुष र महिलाको संख्या झण्डै बराबर भएकाले र लिंग अनुसार कोरोना संक्रमित हुनेको संख्या पनि नजिकिँदै गएका आधारमा समूदायमा कोरोना फैलिएको पुष्टि हुन्छ।’

भारत र नेपालमा नै कोरोनाको पोजेटिभिटी बढ्दै गएको डा श्रेष्ठले जानकारी दिइन। उनका अनुसार गत माघ, फागुन र चैतको तुलनामा बैशाखमा कोरोनाको संक्रमणदर बढ्दो छ।

‘प्रियमान्छेलाई कोरोनाबाट बचाउने जिम्मेवारी बोध गरौं’

मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले आफ्ना प्रियजनलाई कोरोनाबाट जोगाउने जिम्मेवारीबोध गर्न सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘हामीले गर्ने सानो गल्तिबाट पनि तपाईँका प्रियजनलाई कोरोनाको संक्रमण फैलिन सक्छ। त्यसैले आफूले माया गर्ने आफ्ना प्रियजनलाई कोरोनाबाट जोगाउने जिम्मेवारी बोध गरेर अघि बढ्नु आवश्यक छ।’

कोरोनाबाट जोगिनका लागि सबैलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्यका मापदण्डलाई कडाईकासाथ पालना गर्न गौतमको अनुरोध थियो। गौतम जस्तै डा. अर्चना श्रेष्ठले पनि हरेक व्यक्तिले मलाई कोरोनाको जोखिम छ भन्दै जोगिने प्रयास गरेको खण्डमा कोरोनाको चैनब्रेक हुने बताइन्।

उनले भनिन्, ‘खोप लगाएका नलगाएका सबैले आफू कोरोनाको जोखिममा छु भन्ने कुरा बुझेर हिड्नु पर्छ। जब हामी आफै सेचत हुन्छौं तबमात्र कोरोनाबाट आफू र आफ्ना प्रियजनलाई बाचाउन सक्छौं।’

मास्क, सेनिटाइजर र भौतिकदुरी नै कोरोनाबाट बच्चे मुख्य औचार भएको उनीहरुको भनाइ थियो। उनिहरुका अनुसार हरेकले जिम्मेवार बनेर स्वाथ्यका मापदण्डहरु अपनाएको खण्डमा कोरोनाको चैत ब्रेक गर्न सकिने मन्त्रालयले र विज्ञहरुले जानकारी दिएका छन्।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244475/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *