देश विदेश

कोरोनाः तीन दिनदेखि महिलाको शव घरमै, कुकुरले खाए शव

शेयर गर्नुहोस्

काठमाडौं। भारतको लखनऊमा एक वृद्ध महिलाको कोरोनाको कारण घरमै मृत्यु भयो। सो घरमा उनी एक्लै बस्थिन्। घरमा कोही नभएकाले उनले उपचार पनि पाइनन्। मरेपछि अन्तिम संस्कार पनि भएन। छिमेकीले गन्ध आएपछि उनको घरमा हरे, त्यहाँ वृद्ध महिलाको शव थियो र कुकुरले लुछिरहेका थिए।

यो भयानक दृश्य देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे। प्रहरी र नगर निगमका अधिकारीले सो घरमा पुगे। उनीहरुले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाए। भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी शव लिन पुग्दा त्यहाँ कुकुरले सो शव लुछिरहेका थिए। शवको एक हात कुकुरले खाइसकेका थिए।

समाचार अनुसार ती महिलाको घरमा केही भाडाका मानिसहरु बस्थे। तर, ग्राम पञ्चायतको चुनावका कारण उनीहरु आफ्नो गाउँ गए। घरमा उनी एक्लै थिइन्।

उनका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको थियो। वृद्धाको घरमै निधन भयो। तर, उनका आफन्तले सो घटनाबारे जानकारी नै पाएनन्। प्रहरीले ती महिलाका आफन्तको खोजी भइरहेको जनाएको छ।

लखनऊमा कोरोनाबाट मृत्यु हुनेहरुले जल्नका लागि पनि पालो कुनुपर्ने भयानक अवस्था छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244500/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *