देश विदेश

ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

शेयर गर्नुहोस्

ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।

ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ ।

यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो । गत वर्षको जुलाई महिनामा चीनको सिनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिडविरूद्धको खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244546/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *