देश विदेश

नेपालीका प्रमुख श्रम गन्तव्यमा कोरोना: कुन मुलुकमा कस्तो छ अवस्था ? | देश परदेश

शेयर गर्नुहोस्

नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मध्येको एक मलेसियामा पछिल्लो केहि समययता कोरोना (कोभिड-१९) को समस्या बढ्दो क्रममा देखिएको छ । अप्रिल महिनामा मलेसियामा कोरोना संक्रमितको संख्या लगातार उकालो लागिरहेको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल २१ म मलेसियामा २ हजार ३ सय ४० संक्रमित फेला परेका छन् । सो दिन ११ जनाको मृत्यु भएको छ । हालसम्म मलेसियामा कोभिड १९ का कारण १ हजार ४ सय व्यक्तिले ज्यान गुमाएका छन् । अप्रिलको पहिलो हप्ता दैनिक एकहजार देखि १ हजार तीन सयको हाराहारीमा संक्रमित फेला पर्दै आएकोमा पछिल्लो दुई सातामा संक्रमितको संख्या धेरै बढेको छ । हालसम्म मलेसियामा ३ लाख ८१ ह्जार ८ सय १३ व्यक्तिमा कोरोनाका संक्रमण भएको छ भने त्यसमध्ये ३ लाख ५८ हजार ७ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी नेपालीको अर्को प्रमुख गन्तव्य मुलुक साउदी अरवमा पनि पछिल्लो केहि दिनयता कोभिडका संक्रमितको संख्या बढेको छ । अप्रिल २१ म सो मुलुकमा १ हजार २८ व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अघिल्लो दिन एक हजार ७० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो । साउदी अरबमा जनवरीमा दैनिक संक्रमित फेला पर्ने क्रम एकसयको हाराहारीमा रहेको थियो । तर अप्रिलको पहिलो सातादेखि संक्रमितको संख्यामा क्रमश: वृद्दि हुँदै आएको छ । साउदी अरवमा हालसम्म ४ लाख ८ हजार ३८ व्यक्तिलाई कोरोनाको संक्रमण भएको छ जसमध्ये ३ लाख ९१ ह्जार ३ सय ६२ व्यक्ति संक्रमण मुक्त भएका छन् । कोरोनाका कारण हालसम्म सो मुलुकमा ६ हजार ८ सय ५८ व्यक्तिले ज्यान गुमाएका छन् ।

संख्याका हिसावले मलेसियाको हाराहारी तथा साउदी अरेवियामा भन्दा कम रहेपनि संयुक्त अरव ईमिरेट्स (युएई) मा भनें कोरोनाको संक्रमण स्थिर जस्तै देखिएको छ । पछिल्लो केहि समययता सो मुलुकमा दैनिक दुई हजारको हाराहारी संक्रमितहरु फेला परिरहेका छन् । अप्रिल २१ म सो मुलुकमा १ हजार ९ सय ३१ संक्रमित फेला परेका थिए । सो मुलुकमा गत फेब्रुअरीमा दैनिक झण्डै चार हजार संक्रमित फेला पर्ने गरेका थिए । हालसम्म युएईमा ५ लाख २ हजार ७ सय ९१ व्यक्तिलाई कोरोनाको संक्रमण भएको देखिएको छ भनें त्यसमध्ये ४ लाख ८५ हजार ७८ व्यक्ति संक्रमण मुक्त भएका छन् । हालसम्म युएईमा १ हजार ५ सय ६१ व्यक्तिले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपाली श्रमिकको अर्को महत्वपूर्ण श्रम गन्तव्य कतारमा पनि पछिल्लो समयमा कोरोना संक्रमण बढेको छ । संक्रमण फैलिन नदिन निक्कै कडाई गरेको कतारमा अप्रिल २१ मा ८ सय १९ संक्रमित फेला परेका छन् । अप्रिलको दोश्रो साता ९ सयको हाराहारी संक्रमित फेला पर्ने गरेकोमा केहि दिनयता त्यसमा केहि कमि भनें आएको छ । हालसम्म कतारमा १ लाख ९९ हजार १ सय ८० व्यक्तिलाई कोरोनाको संक्रमण भएको छ जसमध्ये १ लाख ७६ हजार १ सय ८८ व्यक्ति संक्रमण मुक्त भएका छन् । हालसम्म कतारमा कोरोनाका कारण चारसय व्यक्तिको ज्यान गएको छ ।

यसैगरी नेपाली श्रमिकको अर्को श्रम गन्तव्य कुवेतमा पनि पछिल्लो समयमा कोरोनाको संक्रमण निक्कै बढेको छ । अप्रिल २१ मा सो मुलुकमा १ हजार ४ सय ३९ व्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ । गत डिसेम्वर र जनवरीमा दैनिक २ सय देखि ३ सय नयाँ संक्रमित फेला पर्ने गरेकोमा कुवेतमा फेब्रुअरीको पहिलो साता देखि झण्डै एक हजार नयाँ संक्रमित दैनिक रुपमा थपिएका छन् । हालसम्म कुवेतमा २ लाख ६१ ह्जार ३ सय ७ व्यक्तिलाई कोरोनाको संक्रमण भएको छ भनें त्यसमध्ये २ लाख ४४ हजार ४ सय १० व्यक्ति संक्रमण मुक्त भएका छन् । हालसम्म कुवेतमा १ हजार ४ सय ८८ व्यक्तिको कोरोनाका कारण ज्यान गएको छ ।

नेपालमा पनि पछिल्लो केहि समययता कोरोनाको संक्रमण निक्कै बढेको छ । दैनिक रुपमा नयाँ संक्रमित फेला पर्ने क्रममा तिव्र वृद्दि भइरहेका कारण सजग रहन, मास्कको अनिवार्य प्रयोग गर्न तथा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन समेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरिसकेको छ ।

विश्वभरीमा हालसम्म १४ करोड भन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण भइसकेको छ । ३० लाख भन्दा बढी व्यक्तिको ज्यान गइसकेको कोरोनाको विश्वव्यापी महामारी विरुद्द जुध्न संसार लागिरहे पनि यो नियन्त्रणमा आएको छैन ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/04/11968/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *