देश विदेश

आफूमाथिको कारबाही रोक्न माग गर्दै माधव समूहद्वारा सर्वोच्चमा रिट दर्ता

शेयर गर्नुहोस्

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधी माधव नेपाल समूहका ३२ जना सांसदहरुलाई किन पदमुक्त नगर्ने भन्दै स्पष्टीकरण सोधेपछि माधव समूहले आफूमाथिको कारबाही रोक्न माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

बुधबार नै रिट लिएर माधव समूहका नेताहरु सर्वोच्च पुगे पनि समय नभएको भन्दै सर्वोच्चले फर्काएको थियो। बिहीबार रिट दर्ता भएको हो। बुधबार माधव समूहका नेताहरुको छलफलपछि सर्वोच्चमा रिट दायर गर्ने निर्णय भएअनुसार रिट दायर गरिएको हो। रिट दायरका लागि अधिवक्ताहरु शम्भु थापा, टिकाराम भट्टराई र गोविन्द बन्दीलाई जिम्मेवारी दिइएको थियो।

नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रिट दायर गरेका हुन्। रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको आरोप लगाइएको छ।

२८ फागुन, ७ चैत र ६ वैशाखमा गरेको भनिएको निर्णय, त्यसआधारमा गरिएको र गर्न लागिएको कारबाही, विधान संशोधन लगायतका कारबाही गैरकानूनी र दूराशयपूर्ण भएको दाबी गर्दै त्यसलाई बदर गर्न र सर्वोच्चको फैसला बमोजिम एमाले पार्टी, त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमा परमादेश माग गरिएको छ। रिटमाथि आइतबार सुनुवाई हुने सर्वोच्च स्रोतले जनाएको छ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244741/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *