देश विदेश

कोरोना संक्रमण बढेपछि पशुपति मन्दिर बन्द

शेयर गर्नुहोस्

काठमाडौं। देशभर कोरोना संक्रमण उच्च दरमा बढेपछि आरध्यदेव भगवान पशुपतिनाथ मन्दिर बन्द गरिने भएको छ। पशुपति विकास कोषले शुक्रबारदेखि लागु हुनेगरी मन्दिर गरिने जानकारी दिएको छ। मन्दिर बन्द रहे पनि नित्य पूजा भने जारी रहनेछ। मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको हो।

बिहीबारमात्र काठमाडौं उपत्यकामा ११ सय नयाँ संक्रमित फेला परेका थिए। नेपालमा कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलिएपछि नेपाल सरकारले नयाँ मापदण्ड लागु गर्दै भिडभाड नगर्न भनेको थियो। कोरोनाका कारण पशुपति मन्दिर बन्द भएको यो दोस्रो पटक हो। यसअघि २०७६ चैतमा पनि कोरोनाका कारण मन्दिर बन्द गरिएको थियो।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244786/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *