देश विदेश

बम विष्फोटको आरोपमा अमेरिकामा एक बंगलादेशीलाई आजीवन जेल सजाय

शेयर गर्नुहोस्

न्यूयोर्क। अमेरिकी अदालतले न्यूयोर्कको व्यस्त सव वे स्टेशनमा बम राखेको अभियोगमा पक्राउ परेका एकजना बंगलादेशी मुलका व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ।

एकायद उल्लाह नाम गरेका ३५ बर्षीय बंगलादेशी मूलका ती व्यक्तिलाई न्यूयोर्क शहरको व्यस्त बस टर्मिनलमा मानिसहरुको भीडभाडमा सन् २०१७ मा बम राखेकोमा अभियोगमा पक्राउ गरिएको थियो।

उनलाई न्यूयोर्कको म्यानह्याटन संघीय अदालतले अप्रिल २२ तारिख विहीबार सो सजाय सुनाएको हो। विभिन्न अमेरिकी संचारमाध्यममा प्रकाशित भएका समाचारअनुसार, अभियुक्त उल्लाहले न्यूयोर्क बस पार्कमा आफ्नै छातीमा बम राखेर विष्फोट गराउने प्रयास गरेका थिए।

उनको विस्फोट गराउने प्रयास शतप्रतिशत सफल हुन सकेन। तर, सो विष्फोटमा उल्लाह आफैं घाइतेमात्र भएका थिए र अन्य केही सर्वसाधारणहरु सामान्य घाइते भएका थिए। यो घटना लगत्तै सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका उल्लाह जिहादी आतंकवादी समूहसंग सम्बन्धित भएको पत्ता लागेको थियो।

अनुसन्धानका क्रममा उल्लाहले सामाजिक सञ्जालहरुमा आक्रमणपूर्व लेखेका विषयको विश्लेषण गरिएको थियो। उनले तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्प र उनको नीतिबारे चर्को आलोचना गर्दै सामाजिक सञ्जालहरुमा लेखेका थिए।

सजाय सुनाउंदै सो अदालतका न्यायाधीशले उल्लाहले जघन्य अपराध गरेको र त्यसको सजायस्वरुप आजीवन कारावासको सजाय दिइएको आदेशमा उल्लेख गरेको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

उल्लाहले सजाय सुनाउनु अघि अदालत समक्ष माफी मागेको बताएका थिए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/244825/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *