देश विदेश

विवेकशील साझा पार्टीको अन्तराष्ट्रिय सद्भाव समूहद्वारा सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस्

काठमाडौं। विवेकशील साझा पार्टीको अन्तराष्ट्रिय सदभाव समूहले नेपाल सरकारको ध्यानाकर्षण गरेको छ। कोरोनाको दोश्रो लहरले विदेशमा रहेका नेपालीलाई अफ्ठेरोमा पारेको भन्दै राहत कार्य तीब्र पार्न पनि अपिल गरको छ।

समूहका प्रवक्ता विष्णु प्रसाद जोशिले आज विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण र अपिल गरेको बताएका हुन्। जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘प्रवासमा रहँदै गर्दा कोभिड–१९ को दोस्रो लहरले सङ्कटमा पर्नुभएका श्रमिक वर्ग र विद्यार्थीहरूको आवश्यकता अनुसारको प्याकेज घोषणा गरी राहतकार्य तीव्र पार्न विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह विभिन्न दूतावासहरू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।’

नेपाल बाहिर रहेका लाखौँ लाख नेपालीहरू पुनः कोरोनाको दोस्रो लहरको चपेटामा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अपारदर्शी रूपमा कोरोना उद्धार कोषमा करोडौँ थाती राखेर आफ्ना नागरिकहरूको उद्धारमा गरिएको कन्जुस्याइँ खेदजनक भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

 

विज्ञप्ति

विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह

प्रवासी नेपालीलाई कोभिड-१९ को दोस्रो लहरले पारेको असर बारे नेपाल सरकारको ध्यानाकर्षण साथै राहतकार्य तीव्र पार्न अपिल!

प्रवासमा रहँदै गर्दा कोभिड-१९ को दोस्रो लहरले सङ्कटमा पर्नुभएका श्रमिक वर्ग र विद्यार्थीहरूको आवश्यकता अनुसारको प्याकेज घोषणा गरी राहतकार्य तीव्र पार्न विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह विभिन्न दूतावासहरू मार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछ!

कोभिड-१९ को दोस्रो लहर विश्वव्यापी रूपमा सुरु भएको छ। यसले वैदेशिक रोजगारको सिलसिलामा ५० लाख भन्दा बढीको सङ्ख्यामा प्रवासमारहनुभएका नेपालीहरूलाई प्रत्यक्ष/परोक्ष रूपमा असर पारेको सर्वविदितै छ। लाखौँले पूर्ण या आंशिक रूपमा रोजगार गुमाएका छन्।  हजारौँ फर्किननपाई / नसकी अलपत्र परेका छन्। सयौँ विभिन्न कोभिड क्याम्पहरूमा हिरासतसमान जीवन जिउन बाध्य छन् र कयौँ उपचार खर्च अभावमा परदेशमाज्यान जोखिममा पारिरहेका छन्। यो सब माझ केही अपवाद बाहेक विदेशमा रहेका नेपाली दूतावास र कूटनैतिक निकायहरूलाई सम्पर्क गर्ने प्रयासगर्दा फोन नउठ्नु, इमेलको जवाफ नआउनु सामान्य-प्राय बनेको छ। वेबसाइटहरूमा पछिल्लो र उपयोगी जानकारी या सूचना नभएको र कतिपयअवस्थामा वर्षौँ देखि अपडेट नगरेको देखिन्छ। यो विश्वव्यापी महामारी माझ विश्वका कयौँ देशहरूले विमान चार्टर गरेर आफ्ना नागरिकलाई स्वदेशफर्काएका उदाहरणहरू छन्। तर वैदेशिक रोजगारले एकतिहाइ अर्थतन्त्र धानेको देश नेपालको सरकारले प्रवासमा रहेका कामकाजी र विद्यार्थीनेपालीहरूलाई विश्वव्यापी महामारी को यो संकटमा अलपत्र छोडिदिनु अत्यन्त दुखद र खेदजनक छ।

नेपाल बाहिर रहेका लाखौँ लाख नेपालीहरू पुनः कोरोनाको दोस्रो लहरको चपेटामा परेका छन्। यस बिच अपारदर्शी रूपमा कोरोना उद्धार कोषमाकरोडौँ थाती राखेर आफ्ना नागरिकहरूको उद्धारमा गरिएको कन्जुस्याइँ खेदजनक छ। संविधानले प्रत्याभूत गरेको नेपाली नागरिकको सूचनाको हकस्मरण गराउँदै कोरोना उद्धार कोषको के कति रकम राहत-उद्धारमा उपयोग भयो भन्ने जानकारी माग गर्दछौँ ? 

विश्वव्यापी रूपमा तीव्र गतिमा फैलिरहेको कोरोनाको दोस्रो लहर पहिलोभन्दा धेरै गुना खतरनाक भएको र यसले अकल्पनीय भयावह अवस्था सिर्जना गर्न सक्ने आङ्कलन भइरहेको अवस्थामा  यथाशीघ्र विदेशमा सङ्कटमा परेका श्रमिक वर्ग र विद्यार्थीहरूको उद्धारको लागि  आवश्यकता अनुसारको राहतप्याकेज घोषणा गरी तुरुन्तै कार्यान्वयन गर्न / गराउन विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह नेपाल सरकारसँग अपिल गर्दछ।

(बोधार्थ: मध्यपूर्व, दक्षिण-पूर्वी एसिया, अफ्रिका, युरोप र अमेरिकाका नेपाली दूतावास र कूटनैतिक निकायहरू, श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय ।) 

बिष्णु प्रसाद जोशी 

प्रवक्ता, विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूह 

१० वैशाख, २०७८ 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/245048/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *