कोरोना

स्टाप नर्स रहेकी छोरीको मृत्यु, श्रीमति शैयामा, आफै संक्रमित रहेका उनी श्रीमती बचाउन अस्पतालमा भौँतारीदै (भिडियो हेर्नुस्)

शेयर गर्नुहोस्
नेपालगन्ज । स्टाप नर्स रहेकी सुत्केरी छोरी गुमाए । उनको ३ महिनाको सानी छोरी छ । श्रीमती पनि संक्रमित भएर अस्पतालमा उपचारार्थ छन् । आफै पनि संक्रमित रहेका दांग तुलसीपुरका सन्तोष वली अस्पतालमा भौतारिएका छन् । उनी १२ दिनदेखि कोरोना संक्रमित छन् । अराम गर्ने अवस्थामा उनको दौडधुप छ । श्रीमतीलाई बचाउन उनले बारम्बार अस्पताल धाइरहन्छन् । 

गर्भवस्थामा कोरोना संक्रमितको उपचारमा लागेकी उनको छोरीलाई कोरोनाले नै लग्यो । भर्खर २० वर्षकी छोरी गुमाएका उनीसंग थप पी डा सहन सक्ने क्षमता छैन । अस्पताल बसाई उनका लागि निकै कष्ट बनेको छ । स्टाफनर्सकै रुपमा दांगमै कार्यरत रहँदा छोरी अनिसा गुमाएका उनी ३ महिनाकी नातिनी पनि जोगाउनु परेको छ । ‘कोरोनाले छोरी लाग्यो । श्रीमति अस्पताल भर्ना गरेको छु । म आफै पनि १२ दिनदेखि संक्रमित छु,’ उनी रुदै पीडा पोखे,‘कोरोनाले मेरो परिवार तहसनहस पारिदियो ।’

पश्चिम क्षेत्रको सबै भन्दा ठुलो सरकारी अस्पतालका रुपमा रहेको भेरी अस्पतालको कोरोना वार्डमा उनको पनि ड्युटी जस्तै छ । अस्पतालमा नर्स र चिकित्सकको अभाव छ, उनी भन्छन् रातीमा तीन जना नर्सको भरमा अस्पताल चलेको रहेछ ।

 

यो पोस्ट Facebook मा सियर गरौ
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *