देश विदेश

डिसी नेपाल साप्ताहिक योगा गुरु ढाकारामको अभियान, राजस्थानमा नेपालीहरुलाई फ्री कोरोना खोप दिइने

शेयर गर्नुहोस्

नयाँ दिल्ली । भारतको राजस्थानमा योग गुरु ढाकाराम सापकोटाको पहलमा राजस्थान र आसपास बस्ने नेपालीहरुका लागि निःशुल्क रुपमा कोरोनाको खोप दिइने भएको छ । डिसी नेपालमा साप्ताहिक रुपमा योगाभ्यास कक्षासमेत संचालन गदै आएका योगगुरु ढाकारामले अप्रिल २५ तारिकका दिन निःशुल्क रुपमा कोरोना खोपका लागि शिविर सञ्चालन गर्ने भएका छन् ।

भारतमा नेपालीहरुको ठूलो संख्या मजदुर वर्ग रहेको र कोरोना महामारीले धेरैजसो रोजगारविहीन भएको अवस्थमा उनीहरुलाई कोरोना खोप सजिलै र फ्रीमा उपलब्ध गराउनको निम्ति योग गुरु सापकोटाले पहल गर्दै आएका थिए । उनको सो पहल सफल भएपछि खोपका लागि २५ अप्रिलको दिन आइताबार एक दिने शिविर आयोजना गरिएको हो । ४५ वर्ष अथवा योभन्दा बढी उमेर भएकाले मात्रै यो खोप लगाउन पाउने छन् ।

यसकारण यस अभियानलाई मुख्यत आमा बुवा बचाउ अभियान भनिएको छ । नेपाली समाजको सुरक्षाका लागि भारतीय जैन संगठन, एकम योगा र योगा पिस संस्थानको पहलमा एकदिने फ्री कोरोना खोप शिविरको आयोजना गरेको योग गुरुले बताए । विश्वस्तरको स्वास्थ्य संरचना भएको भनिएको देश भारतमा कोरोना महामारीले तवाही मच्चाएको बताउंदै उनले भने, ‘जता हेरौ पीडित परिवारको चित्कार र आफ्नो परिवारको सदस्य हेर्दा हेर्दै तड्पिएर ज्यान गुमाएका घटना सर्वत्र देख्न सकिन्छ । कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड पाएका छैनन्, बेड पाउन सफल भएकाहरुको जीवन रक्षक अक्सिजनको अभावमा तड्पी तड्पी छटपटाई पीडादायक मृत्य भएको छ । आफन्त गुमाउनुको पीडा त थियो नै तर मृत्युपश्चात श्मशान घाटमा पनि स्थान नपाउनु यो मानवजातिका लागि शर्मको विषय हो ।’

डिसी नेपालको साप्ताहिक योगा कार्यक्रममार्फत नेपालीहरुसँग जोडिने र प्रवासी नेपालीहरुका लागि भारतमा आफ्नो योगदान दिने वातावरण बनाइदिएकोमा उनले डिसी नेपालप्रति आभार ब्यक्त गर्दै शिविरमा लाभ लिनका लागि केही मापदण्डहरु बनाइएको बताए । उनका अनुसार, ध्यान दिनुपर्ने कुराहरु निम्न छन्—

१. ४५ वर्ष अथवा यसभन्दा बढी उमेर भएकाले मात्रै खोप लगाउन सक्ने छन् ।

२. खोप लगाउन खाली पेट होइन कि कम्तिमा हेवी ब्रेकफास्ट खाएर आउन पर्ने छ ।

३ आधारकार्ड अनिवार्य छ ।

४ दोस्रो खोपका लागि पहिलो खोप लगाएको सर्टिफिकेट लिएर आउनु पर्ने छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2021/04/245152/

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *