कोरोनासाइप्रस न्युज

साइप्रसमा पुन: देशव्यापी तेस्रो लकडाउन घोसणा

शेयर गर्नुहोस्

समिम मियाँ

२४ अप्रिल २०२१/ लिमासोल

युरोपियन रास्ट्र  साइप्रसमा पुन: लकडाउन घोसणा भएको छ। कोरोना भाइरसको महामारी सुरु भए यता देखि यो तेस्रो देशव्यापी लकडाउन हो।   देशव्यापी रुपमा गत आगामी अप्रिल २६ सोमबार देखि  मे ९ तारिख सम्म लकडाउन लागु हुने भएको हो। पछिल्लो केहि हप्तामा कोरोना संक्रमण र अस्पताल मा भर्ना हुने को संख्यामा उल्लेखीय तीव्रता आए पछि सरकारले मंत्री परिसद को बैठक बोलाएको थियो।

शुक्रबार बसेको मंत्रीपरिसद को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै स्वास्थ्य मंत्री कोंस्तान्तिनुस आयान्नुले सोमबार बाट १४ दिने लकडाउन लगाउन लागिएको बताउनु भयो।

पत्रकारहरु संग कुरा गर्दै मंत्री आयान्नुले संक्रमणमा अचानक आएको तिव्र वृद्धिले हाल स्वास्थ्य प्रणालीमा परेको चापले गर्दा कठिन निर्णय लिन बाध्य भएको बताए। आगामी हप्ता देखि ग्रिक अर्थोडोक्स इस्टर को छुट्टी हुदै छ जसलाई मध्य नजर गर्दै सरकारले लकडाउन को निर्णय लिन २ दिन को समय लगाएको हो।

हाल साइप्रस भने कोरोना माहामारीको तेस्रो लहर बाट गुज्री रहेको छ। अहिले कोभिड-१९ को संक्रमणमा यु.के. ‘भेरिएण्ट’ सहित देखिएको छ बिहिबार ९४१ जनामा कोरोना संक्रमण देखिएको थियो।

संक्रमित को भर्ना र उपचारको उच्च चापमा रहेका  हस्पिटललाइ सहज बनाउन कडा तर  छोटो समयको लकडाउनले मद्दत गर्ने बताउदै मंत्री आयान्नुले देश को खोप कार्यक्रमलाइ प्रभावकारी बनाउन  थप मदद पुग्ने बिश्वास व्यक्त गर्नु भयो।

गत फेब्रुवरी देखि सबै साना व्यवसाय, स्कुल र रेस्टुरेन्ट जिम हाल  हरु खुलेका थिए तर अब भने सोम्बार बाट  सबै बन्द हुने छन्।   रासन सम्बन्धि पसल सुपरमार्केट, फार्मेसी हस्पिटल भने खुल्ला रहनेछन।  रेस्टुरेन्टहरु ले होम डेलिभरी सेवा मै चित्त बुझाउनु पर्नेछ।  पार्क, पिकनिक स्थल र सार्वजिनक स्थानमा हुने सबै जमघट गर्न मनाही गरिएको हो।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *