साइप्रस न्युज

साइप्रसको लकडाउन विरुद्ध प्रदर्शन (भिडियो सहित )

शेयर गर्नुहोस्

साइप्रसका ताजा समाचारका लागि माथि दिएको Follow बटन मा क्लिक गर्नुहोस्

समिम मियाँ

२६ अप्रिल २०२१

सरकारले लकडाउन लगाउने निर्णय गरे पछि आइतबार दिउसो प्रदर्शन भएको छ। निकोसियामा आइतबार भएको विरोध प्रदर्शनमा सयौ को संख्या मा उपस्थित भएका नागरिकले लकडाउन को विरुद्ध प्रदर्शन गरेका हुन्। निकोसियाको प्रहरी हेडक्वाटर अगाडी गरिएको प्रदर्शन मा प्रदर्शनकारीले विभिन्न नारा लेखिएका ब्यानर र प्ले कार्ड बोकेका  थिए।   “हाम्रा बच्चाहरुका लागि अति भयो अब उनीहरु स्वतन्त्र हुन पाउनु पर्छ। ” प्रदर्शनकारीले बोकेका ब्यानर मध्य एक मा लेखिएको थियो। प्रहरीले परिस्थितलाई मध्यनजर गर्दै हेडक्वाटर आसपास  को रोड बन्द गराएको थियो।

प्रहरी हेडक्वाटर पछि को विरोध प्रदर्शन  पछि सो मार्च साइप्रस ब्रोड्कास्तिङ्ग कर्पोरेसन  बिल्डिंग अगाडी प्रदर्शन गर्न पुगेका थिए।  लगातारको लकडाउन ले व्यापार व्यवसायीहरु मारमा परेका छन्।  व्यवसायीहरु ले सरकार समक्ष घरभाडा माफ गराउन मा सरकारले नै व्यहोर्न वा सब्सिडी को लागि अनुरोध गरे पनि सरकारले सो प्रस्ताव प्रति सुनुवाई गरेको छैन।

पछिल्लो समय पनि व्यवासायी तथा आम नागरिकले लकडाउन विरुद्ध पटक पटक प्रदर्शन गर्दै आएका छन्।  केहि महिना पहिला पनि लिमासोल डाउनटाउन मा प्रदर्शन को क्रम मा झाडप भएको थियो।

श्रोत इन साइप्रस

यहाँ क्लिक गरि यो पनि पढ्नुहोस् : साइप्रस मा लकडाउन, अब पसल रेस्टुरेन्ट जान पनि चाहिन्छ पिसिआर रिपोर्ट 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रसको लकडाउन विरुद्ध प्रदर्शन (भिडियो सहित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *