साइप्रस न्युज

लकडाउनमा सार्वजनिक यातायातमा कडा नियम

शेयर गर्नुहोस्

समिम मियाँ

२६ अप्रिल २०२१

यातायात मन्त्रालयले सार्वजनिक यातायात का चालक तथा यात्रुको लागि नयाँ गाइडलाइन्स जारी गरेको छ। सोमबार बाट भएको लकडाउनलाइ मध्यनजर गर्दै यातायात मन्त्रालयले सार्वजिक बस, एयरपोर्ट सटल बस र प्राइभेट बस मा यात्रु क्षमताको पचास प्रतिशत मात्र राख्न पाउने बताएको छ। मन्त्रालयबाट विशेष अनुमति पाएका यातायात बाहेक अन्य सबै यातायात सेवा मा यो नियम लागु हुनेछ।  साथै , विधार्थी बोक्ने बसहरुले पनि ५० प्रतिशत विधार्थी मात्र बोक्न पाउनेछन।

ट्याक्सी सेवा ले पनि साधारण समयमा बोक्ने यात्रु क्षमताको ५० प्रतिसत मात्र यात्रु चडाउन पाउने छन्। त्यस्तै, ठुलो परिवारहरु ले मिनिबस प्रयोग गर्दा भने बस भरि को यात्रु क्षमता प्रयोग गर्न दिइएको छ।

एकै घरका परिवारले प्राइभेट गाडी प्रयोग गर्दा मास्क लगाउन पर्दैन तर भिन्न भिन्न घरका व्याक्तिहरु एकै कारमा चद्नु पर्दा भने ड्राइभर सहित ४ जना ले यात्रा गर्न पाउने नियम लगाउएको छ।

सार्वजनिक बस हरु ले हरेक रुट मा ४  ट्रीप गरे पछि बसलाई डिसइन्फेक्सन गर्नु पर्ने छ भने ढोका मा सेनिटाइजर अनिवार्य राख्नु पर्ने बताइएको छ। ड्राइभर सिट मा सुरक्षाको लागि पार्टेसन नलागाइएको भए ड्राइभर पछाडिको एक सिट अनिवार्य खालि राख्न भनिएको छ।  यात्रा अवधि भरि मास्क अनिवार्य गरिएको छ।

त्यस्तै, विधार्थी बोक्ने बसले पनि हरेक रुट अघि र पछि पनि डिसइन्फेक्सन गर्नु पर्ने नियममा उल्लेख छ।  विधार्थीलाइ सके सम्म सधै एउटै सिट प्रयोग गर्न र भाइबहिनी भए एकै सिटमा बस्न पनि भनिएको छ।  एयर कन्डिसन नभएका बसले भने झ्याल र स्काईलाइट खुल्ला राख्नु पर्ने छ।

श्रोत :साइप्रस मेल

यो पनि पढ्नुस : २ हप्ताको लकडाउन साइप्रस, लकडाउन पछि पसल तथा सार्वजनिक ठाउमा जान कोरोना टेस्ट गरेको हुनु पर्ने नियम 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *