साइप्रस न्युज

साइप्रस अपडेट सोमबार ३ को मृत्यु, ६११ मा कोरोना संक्रमण

समिम मियाँ

२६ अप्रिल २०२१

कोरोनाका कारण आज पनि ३ जनाको मृत्यु भएको छ।  संक्रमण बढे संगै सरकारले पनि कोरोना टेस्ट गर्ने सेन्टर बढाएको छ।  आज देश भरि गरिएको टेस्ट बाट ६११ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

संक्रमण बढे संगै सरकारले आज बाट चौध दिनको लागि देश व्यापी लकडाउन लगाएको छ।  कोरोना को फैलावट रोक्न सरकारले यो कदम उठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अस्पताल मा बिरामी को संख्या  बढे संगै जनस्वास्थ्य प्रणाली मा चाप परेको छ। हाल अस्पतालमा ३०० जना संकमित बिरामी भर्ना भएका छन्।  जसमध्य ७८ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको छ।

आज जम्मा ५०,६०१ टेस्ट गरिएको मा र्यापिड टेस्ट ४१७७२  र ८८२९ पिसिआर टेस्ट गरिएको थियो। सरकारले निशुल्क दिएको र्यापिड टेस्ट बाट ४२२ र प्राइभेट र्यापिड टेस्ट बाट २२ जनामा कोरोना पोजेटिभ पाइएको थियो।

सोमबार गरिएको टेस्ट बाट देश भरि कै धेरै पोजेटिभ भएको जिल्ला मा लार्नाका परेको छ।  दोस्रो मा पापोस, तेस्रोमा लिमासोल, चौथो मा निकोसिया र पाचौ मा फामागुस्ता रहेको छ।

श्रोत : साइप्रस मेल

यो पनि पढ्नुहोस् : साइप्रसमा लकडाउन , रेस्टुरेन्ट र पसल जान पनि पिसिआर रिपोर्ट चाहिने 

 

यो पनि पढ्नुस : निकोसिया लिमासोल बस चढेर जादै हुनु हुन्छ भने यो पढ्नै पर्छ के छ नयाँ नियम ?

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “साइप्रस अपडेट सोमबार ३ को मृत्यु, ६११ मा कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *