साइप्रस न्युज

लकडाउनमा बन्द भएकालाई श्रम मन्त्रालयको राहत योजना घोसणा

शेयर गर्नुहोस्

समिम मियाँ

२७ अप्रिल २०२१

साइप्रस मा सोमबार देखि लागु भएको लकडाउनले विभिन्न व्यवसाय, बिजनेश, कम्पनीहरु बन्द भए।  कोरोना महामारीको यो तेस्रो देशव्यापी लकडाउनले भर्खरै मात्र बामे सर्न लागेको व्यापार व्यवसाय धराप मा परे।

पछिल्लो लकडाउन मा सरकारले केहि हद सम्म भने पनि कामदारलाई ६० प्रतिशत देखि ९० % तलब दिएर राहत त दियो तर पनि व्यापार घाटा बढ्दै नै रह्यो।  गत महिना सरकारले स्वास्थ्य प्रोटोकोलको ख्याल राख्नु पर्ने सर्त सहित अधिकांस व्यापार व्यवसायलाई संचालन अनुमति दियो तर महिना दिन नपुग्दै पुन: व्यवासाय बन्द गर्नु पर्दा सरकार संग व्यवसायी निराश बनेका छन्।

२ हप्ता को लकडाउन गरे पछि  बन्द गर्नु परेका बिजनेश र व्यवसायको लागि सरकारले राहत योजना घोसणा गरेको छ।  श्रम मंत्री जिटा इमिलिएनिडु ले सरकरको राहत योजना अन्तर्गत  व्यवसाय, कर्मचारी और स्वरोजगार व्याक्तिलाई सहयोग हुने तवरले तयार गरिएको बताएकी छन्।

राहत सहायताको उद्देश्य व्यवसायलाई चालु  राख्नु र रोजगारी  सुरक्षित गर्नु भएको बताइएको छ।  निषेधाज्ञाका कारण एकै कार्यस्थल हुन सक्ने कामदार, २ हप्ताको लकडाउनले बन्द भएका अधिकांस खुद्रा व्यापारी, आफ्ना बच्चाको हेरचाह गर्नाले ड्युटी जान नसकेका अभिभावक,  बाध्यात्मक रुपमा  आफ्नो  कार्यसंचालन बन्द गर्नु परेका कम्पनि तथा बिजनेशका कर्मचारीको तलबमा सब्सिडी दिन निर्धारित समयका लागि दिने मन्त्रालयले  बताएको छ।

यस पटक भने ब्युटी पार्लर र हेयर सलुन व्यवसायलाई पनि यो राहत योजनामा समेटीएको छ।

श्रोत : साइप्रस मेल

यो पनि पढ्नुहोस् : हाउसमेडले  इम्प्लोयरसंग लिगल रुपमा  रिलिज लिन के गर्ने ? पार्ट १ 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *