कोरोनासाइप्रस न्युज

साइप्रस अपडेट : २ को मृत्य, ७६० मा संक्रमण, २२ महिने शिशु पनि संक्रमित

शेयर गर्नुहोस्

समिम मियाँ

२७ अप्रिल २०२१

कोरोना  भाइरसका कारण मंगलबार पनि साइप्रसमा २ जनाको मृत्यु भएको छ।  कोरोना खोप को पहिलो डोज लगाएकी ८२ वर्षीय बृद्धा र खोप नलगाएका ८६ वर्षीय वृद्ध को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  गत वर्ष देखि हाल सम्म ३०३ जनाको मृत्यु भै सकेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार दिनभरी मा ४२८७७ पिसिआर र र्यापिड टेस्ट गरिएको थियो। यता, फामागुस्ता कोभिड  हस्पिटलबाट एक ११ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिए पछि मकारियो हस्पिटल मा रिफर गरिएको छ।  मकारियो हस्पिटल बालबालिका को लागि बनाइएको कोरोना अस्पताल हो।

मकारियो हस्पिटल का अनुसार सो बालकको अवस्था साधारण छ , अक्सिजन लगाउन नपरेको हस्पिटल प्रमुख ले बताएका छन्।  सो हस्पिटल मा २२ महिने शिशु र ७ वर्षीय अर्का बालक पनि कोरोना पोजेटिभ भएर उपचार रत छन।  उनि हरु को अवस्था हाल सम्म साधारण रहेको बताइएको छ।

यता, हस्पिटल मा पनि भर्ना हुने को संख्या उल्लेखनिय छ , अहिले देशका विभिन्न हस्पिटलमा गरि २९२ जना भर्ना भएका छन् जसमध्य ७३ को अवस्था गम्भीर रहेको छ भने ३१ लाई भेन्टिलेटर मा राखिएको छ।

यो पनि पढ्नुहोस : इम्प्लोयर ले रिलिज नदिएर हैरान हुनु हुन्छ भने यहा क्लिक गरेर पढ्नुहोस् 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *