साइप्रस न्युज

गैरआवासीय सघं साईप्रसद्धारा साईप्रसबासीहरुका लागि स्वाथ्य परामर्श कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

निकोसिया
साईप्रसमा रहेका नेपाली समुदायहरुका लागि स्वाथ्य परामर्श कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सघं साईप्रसको आयोजना , नेपाली राजदुतावास ईजरायल , होनरी कन्सुलेट अफ साईप्रस र नेपाल पत्रकार महासघं युरोप शाखाको सहकार्यमा एनआरएनए युरोप हेल्थ टिमका डाक्टरहरुले साईप्रसमा रहेका नेपालीहरुको स्वास्थसगं सम्बन्धित समस्याहरुको बारेमा परामर्श दिनुभएको हो ।

कोरोनाका कारण विभिन्न नेपाली समुदायहरुमा मानसिक रोग , छालाको रोग महिलाहरुको विभिन्न समस्याहरु लगाएत बढेपछि गैरआवासीय नेपाली सघं साईप्रसले यस्तो कार्यक्रमको आयोजना गरेको जनाएको छ । गैरआवसीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतम तथा नेपाल पत्रकार महासघं युरोप शाखाका सचिव कमल पराजुलिको सहजिकरणमा भएको कार्यक्रममा जनरल फिजिसियन तथा कोभिड १९ अस्पताल पोल्यण्डकी डा. अलीनी पोख्रेल सुबेदी ,कन्सल्टेन्ट अफ अनास्थेस्ट भिरपुल विश्वविद्यालयलका प्राध्यपाक एवमं डा. शम्भु थापा , मानसिक रोग सम्बन्धि विज्ञ तथा ओसलो विश्वविद्यालयका बरिष्ठ प्राध्यापक डा. सुरज थापा र एनआरएनए युरोप हेल्थ टिमका प्रमुख एवमं बरिष्ठ सर्जन डा. बोधराज सुबेदीले साईप्रसबासीहरुको समस्याका बारेमा परामर्श दिनुभएको थियो ।

साईप्रसमा रहेका नेपालीहरुको समस्यालाई मध्य नजर गरेर भर्चुवल माध्यमद्धारा आयोजना गरिएको कार्यक्रम दुई भागमा भएको थियो । साईप्रसका लागि नेपाली राजदुत डा. आन्जान शाक्यको प्रमुख अतिथ्यता , गैरआवासीय नेपाली सघंका केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसी , होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियर , पत्रकार महासघं युरोप शाखाका बरिष्ठ उपाध्यक्ष केजिन राईको विशिष्ठ अतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए आईसिसि साईप्रस प्रतिनिधी रन्जित महतो , एनआरएनए साईप्रसका प्रमुख सल्लाहकार एवमं संरक्षक शुभाष मल्ल , जनसम्पर्क समिति साईप्रसकी सभापति सिता आर्यल , रुपन्देही समाज साईप्रसकी अध्यक्ष जानु अधिकारी कार्की , गुल्मी सेवा समाज साईप्रसका श्याम नेपाली , तमागं घेदुगं साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन , एनआरएनए साईप्रसका सल्लाहकार सुरेश शाह , नेपाल मगर सघं साईप्रसका खगेन रानामगर , समाजसेबी धतानन्द पाण्डे , शेर्पा किदुक साइृप्रसकी अध्यक्ष निमदिकी शेर्पा , चितवन समाजकी अध्यक्ष कबिता भण्डारी , लगाएत विभिन्न सघंसस्थाका प्रतिनिधि एवमं समाजसेबी विद्यार्थी , श्रमिकहरुको सहभागिता रहेको थियो ।

एनआरएनए साईप्रसका बरिष्ठ उपाध्यक्ष अन्तेश राउतको अध्यक्षता एवमं महिला प्रतिनिधि सरिता चौधरीको स्वागत तथा सचिव पुरन मगरको संचालनमा भएको कार्यक्रममा अत्यन्तै राम्रो भएको सहभागिहरुले प्रतिक्रिया दिनुभएको थियो । कार्यक्रम सफल बनाउनका लागि सम्पुर्ण साईप्रस बासी नेपाली समुदायहरु , सघंसस्था , एनआरएनएका सम्पुर्ण पदाधीकारीहरु लगाएहरुलाई बरिष्ठ उपाध्यक्ष राउतले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *