साइप्रस न्युज

साईप्रसका नेपालीको समस्या समाधान उच्च स्तरीय माध्यमबाट गरिने: राजदुत डा. शाक्य

शेयर गर्नुहोस्

दिनेश गौतम

साईप्रस

युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समस्या नेपाल सरकारको तर्फबाट छिट्टै उच्च स्तरीय सरकारी माध्यमबाट समाधान गरिने साईप्रसका लागि नेपाली राजदुत डा. आन्जान शाक्यले बताउनु भएको छ । उहाले आफनो भौतिक  रुपमा उपस्थित नभएपनि श्रमिकहरुको समस्या समाधान गर्न साईप्रस सरकारको उच्च तहका अधिकारीहरुसगं नेपाल कै मन्त्रिहरुलाई भेटबार्ता गराएर समाधान गराउनका लागि आफु छिट्टै साईप्रस आउने समेत घोषणा गर्नु भएको छ ।

गैरआवासीय नेपाली सघं साईप्रसको आयोजना तथा साईप्रसलाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायल , होनरी कन्सुलेट साईप्रस एवमं नेपाल पत्रकार महासघं युरोप शाखाको सहकार्यमा आयोजित युरोप हेल्थ टिमको स्वास्थ्य परामर्श कार्यक्रममा राजदुत डा. शाक्यले सो कुरा बताउनु भएको हो ।

राजदुत  शाक्यले सामाजिक सुरक्षाका लागि सबै भन्दा पहिला साईप्रसमा कार्यरत नेपालीहरुको भाषाको समस्या रहेको बताउनु भयो । अब साईप्रस आउनेहरुले कम्तीमा भाषा वा अंग्रेजी भाषा सिकेर म्यानपावर एजेन्सीहरुले पठाउनुपर्ने बताउनु भयो । विद्यार्थीहरुको समस्या समाधानका लागि आफुहरु धेरै नै पहल गरिरहेको र त्यहा रहेका अन्तरराष्टिय निकायहरु सस्था , नेपाली सघंसस्थाहरु समेत सहयोग गरिरहेको बताउदै कुनै पनि नेपाली समुदायले विदेशमा बसेपछि ती देशको नियम विपरित कार्य गर्न नहुने राजदुत डा. शाक्यको भनाई थियो ।

साईप्रसमा पछिल्लो समय नेपाली समुदायका युवाहरु जेलमा पर्नु अत्यन्त दुखद भएको भन्दै साईप्रसमा रहेका नेपालीहरुले कोही पनि गैरकानुनी कार्य गर्न नहुने भनी सुझाव समेत दिनुभएको थियो । साईप्रसमा रहेको होनरी कन्सुलेट साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रस लगाएत विभिन्न् समाजिक सघंसस्थाहरु अत्यन्त सरहनिय कार्य गरिरहेको भन्दै राजदुत डा. शाक्यले प्रसांशा समेत गर्नुभयो ।

यता साईप्रसमा रहेका घरेलु कामदारहरुको समस्या समाधानका लागि आफु निरन्तर लागि परेको होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारले बताउनु भयो । नेपालीहरु आफनो परिवारलाई छोडेर साईप्रस आएर राजनिति गर्न खोजेको भन्दै जे कार्यको लागि आएको हो त्यो कार्य गर्ने र आफनो परिवारहरुसगं नजिक भएर भविष्य बनाउनुपर्ने कन्सुलेट डा. पन्जियारको सुझाव थियो।  नेपालमा गएर राजनिति गरेको भए मन्त्रि वा केही बन्थे तर यहा त्यस्तो हुदैन । विद्यार्थीहरु साईप्रसमा पढन आएको न कि कुलतमा फस्न आएको हो भनी प्रति पश्न गर्दै कुनै पनि नेपालीहरु गैरकानुनी काम गर्न नहुने भनी सुझाव दिनुभयो ।

केही एकाध नेपालीहरु कसैलाई पैसा खुवाएर जेलबाट निकाल्यो भने सधै त्यस्तो नहुने सकभर कानुनी प्रक्रियाबाट समस्याको समाधान गर्न आफु सदैव प्रतिबद्ध रहेको डा. पन्जियारको भनाई थियो । श्रमिकहरुको समस्या समाधानका लागि आफु जहिले पनि लागि परेको र केही दिन भित्रै समाधान हुने उहाले बताउनु भयो ।

गैरआवासीय नेपाली सघं साईप्रसका सचिव पुरन मगरको संचालनमा भएको कार्यक्रममा एनआरएनएका केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसीले गैरआवासीय नेपाली सघंले आफनो दुइ बर्से कार्यकालमा सोचेको भन्दा बढि कार्य गरेको बताउनु भयो । डा. केसीले २५ करोड भन्दा बढिको च्यरीटिको कार्यक्रम गरेको भन्दै एनआरएनए फाउण्डेशन समेत स्थापना भएको जानकारी दिनुभयो । संसार भरीका एनआरएन एनसिसिहरुले साधारण सभा जुलाई महिना भित्रै गरिसक्नुपर्ने बताउदै साधारण सभाका लागि जे जस्तो सहयोग चाहिएमा केन्द्रमा एनआरएनएलाई सहयोग गर्न आफु तयार रहेको बताउनु भयो ।

उहाले कोरोनाका कारण धेरै नेपालीहरु आत्महत्या गरेको बताउदै बैदेशिक रोजगार विभागलाई आफुहरु सहयोग गरेको र त्यहा विज्ञ डाक्टरहरु रहेकोले सबैलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । साथै साईप्रसमा रहेको सेफ हाउसलाई सहयोग गर्नका लागि डोनर एजेन्सिहरुसगं कुराकानी समेत भैरहेको डा. केसीले जानकारी दिनु भयो  । साईप्रसमा रहेका नेपाली जो जेलमा छन उहाहरुलाई नेपाल फर्काउनका लागि गैरआवासीय नेपाली सघंले नेपाली राजदुतावास , एनआरएनए साईप्रसको सहकार्य गरिउद्धार गर्न सकिने डा. केसीले बताए ।

कार्यक्रममा एनआरएनए युरोप शाखाका संयोजक नारायण आचार्य , एनआरएनए युरोप हेल्थ टिमका प्रमुख डा. बोधराज सुबेदी , डा. सुरज थापा , डा. शम्भु आर्चाय , डा. एलनी पोख्रेल सुबेदी , साईप्रसका विभिन्न समाजिक एवमं राजनितिक , जातिय सघंसस्थाहरुका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम को पुरा भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस् :

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *