साइप्रस न्युज

विदेश जादै हुनुहुन्छ भने यी अस्पतालको पिसिआर रिपोर्ट मात्र मान्य हुन्छ (सुची सहित)

शेयर गर्नुहोस्

साइप्रसको ताजा समाचारको लागी माथि दिइएको Follow बटन मा क्लिक गर्नुहोस्

बैशाख १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट विदेश जानेहरूका पिसिआर परीक्षण गर्न अस्पतालहरु तोकेको छ । मन्त्रालयले पिसिआर परीक्षण गर्न प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका छ वटा अस्पताल तोकेको हो।

निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल, टिचिङ हस्पिटल र यूनिभर्सल अस्पताल भैरहवा छन् । साथै मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सूचना जारी गरेको छ। यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ। त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्। त्यसरी आएका मानिसहरूले नेपालमा पनि पिसिआर परीक्षण गराउँदै आएका थिए।अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो।

:श्साझासबल डट कम मा प्रकाशित सामाग्री 

यो पनि पढ्नुस : साइप्रस मा पीडा झेल्दैछन् नेपाली विद्यार्थी

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “विदेश जादै हुनुहुन्छ भने यी अस्पतालको पिसिआर रिपोर्ट मात्र मान्य हुन्छ (सुची सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *