साइप्रस न्युज

जनसम्पर्क समिति साईप्रसको पाचौ बार्षिक उत्सव तथा प्रथम साधारण सभा सम्पन्न

शेयर गर्नुहोस्

युरोप , साईप्रस , नेपाली जनसम्पर्क समिति साईप्रसले आफनो पाचौ बार्षिक उत्सव एवमं प्रथम साधारण सभा सम्पन्न गरेको छ । जसस अमेरिकाका सभापति तथा नेपाली काग्रेंसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको प्रमुख अतिथ्यता तथा जसस साईप्रसकी सभापति सिता आर्यलको अध्यक्षतामा भर्चुवल माध्यमबाट भएको कार्यक्रममा विश्वभरमा रहेका लोकतन्त्रबादीहरु एकमत भएर अगाडी बढनुपर्ने सहभागिहरुको धारणा रहेको थियो ।

जसस साईप्रसका महामन्त्रि कुमार सिहंको संचालनमा भएको कार्यक्रममा अबैतानिक बाणिज्यदुतावास साईप्रसका प्रमुख डा. रामजिवन पन्जियार , गैरआवासीय नेपाली सघं साईप्रसका संरक्षक सुबास मल्ल , एनआरएनए साईप्रसका युवा संयोजक कुन्दन कार्की , नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , नेपाली प्रवासी पन्च साईप्रसका प्रतिनिधि श्यामलाल नेपाली , प्रवासी एकता मन्च साइप्रस कि केन्द्रीय सदस्य रमिता थापा , साईप्रस नेपाली एकता समाजका सचिव जिवराज पोख्रेल , तामाङ घ्यातुङ संघको अध्यक्ष लक्ष्मि बोलोन तामाङ्ग , गुल्मि सेवा समाजका तर्फबाट दाता नन्द पान्डे , म्याग्दी प्रवासी नेपाली संघ( मोना)को तर्फबाट लोकराज रोक्का मगर लगाएतले जससको अगामी दिनहरु सफल रहोस भनी शुभकामना ब्यक्त गर्नु भएको थियो ।

जसस साईप्रसकी उपसभापति कर्चुङ लामा हेल्मो को स्वागतमा भएको कार्यक्रममा उपसभापति पुष्पा मिश्र ले क्रियाशील सदस्यताको बारेमा प्रस्ट पार्नु भएको थियो । सहमाहामन्त्री पेम्बा ओमु लामाले राजनैतिक र सामाजिक प्रगति बिबरण प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष लक्ष्मिता गुरुङले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

अनुशाशन समितिका सम्योजक चमेली धितालले संस्थामा विधि बिधान र त्यसलाई सहि तरिकाले पालना गर्न पर्ने भन्ने बारे स्पस्ट पार्नु भएको थियो । साईप्रसमा जनसम्पर्क समिति स्थापना गर्दा देखिको अहिले सम्म आएको विभिन्न उतारचढावका बावजुत जनसम्पर्क समिति सफल भएको सभापति आर्यलले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *