साइप्रस न्युज

स्वर्गीय पाण्डेको शव सोमवार नेपाल जादै, कोभिडबाट सबै सुरक्षित हुन एनआरएनएको आग्रह

शेयर गर्नुहोस्

साईप्रस , निकोसिया । गत मार्च १ तारिखका दिन आकस्मीक निधन भएकी स्वर्गीय संगिता पाण्डेको शव सोमवार नेपाल जाने भएको छ । गैरआवासीय नेपाली सघं साईप्रसका सचिव पुरन मगरका अनुसार मार्च १ तारिखका दिन निकोसियाको देफ्तेरा भन्ने गाऊमा नेपालको विदुरनगरपालिका पांडेगाऊ १ नुवाकोटकी ४० बर्षिय संगिता पाण्डेको अकास्मीक निधन भएको बताउनु भयो ।

स्वर्गीय पाण्डेको पार्थिव शव आउदो सोमबार कतार एयरवेजबाट लार्नाका एयरपोर्टबाट दिउसो १३ बजेर ४० बजे क्युआर २७७ फ्लाईट नम्बरबाट दोहा हुदै मंगलवार विहान ९ बजेर १० मिनेटमा काठमाडौ एयरपोर्ट पुग्ने टिकटमा उल्लेख गरिएको छ ।नेपाली समुदायहरुलाई हरदम सहयोग गरिरहेको साईप्रस पुलिस प्रसासन , शवलाई नेपाल पठाउन प्रयास गरेको नेपाली राजदुतावास ईजरायल , अबैतानिक बाणिज्य दुतावास साईप्रसका प्रमुख डा. रामजिवन पन्जियार , एनआरएनए साईप्रसका संरक्षक सुबाष मल्ल , विभिन्न सघंसस्था लगाएतलाई विशेष धन्यबाद दिएको सचिव पुरन मगरले जानकारी दिनुभयो ।

सचिव पुरनले स्वर्गीय पाण्डेको शव काठमाडौबाट उहाको परिवारले शव बुझने जानकारी दिनुभयो । साथै कोरोना भाईरसले फेरि नेपाली समुदायहरुमा तिब्र रुपमा देखा परिरहेको भन्दै सबै नेपाली समुदायहरु लकडाउनको पालना तथा आफनो स्वाथ्यको ख्याल गर्नका लागि सबैमा अनुरोध गर्नु भएको छ । यदी कोरोनाका कारण थप केही समस्या भएमा गैरआवासीय नेपाली सघंमा सम्पर्क गर्नका लागि समेत सचिव मगरले आग्रह गर्नुभएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *