कोरोनादेश विदेश

सोमबार मध्य राती देखि आन्तरिक उडान र बुधबार मध्य राती देखि अन्तर्राष्ट्रिय उडान रोकिने

शेयर गर्नुहोस्

काठमाडौ ,

सरकारले सोमबार मध्य राती देखि आन्तरिक हवाई उडान र बुधबार मध्य राती देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजे देखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आन्तरिक उडान बन्द गर्नु पर्ने प्रस्ताव गरेका आधारमा सरकारले उडान रोक्ने निर्णय गरेको हो ।

आगामी बैशाख २२ गते देखि बुधबार देखि भारत सहित ब्राजिल, दक्षिण अफ्रिकाका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय भएको’ परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले मन्त्रिपरिषद् बैठक पछि जानकारी दिएका छन ।

काठमाडौं बाहिर पनि निषेधाज्ञा जारी हुने क्रम बढ्दै गइ रहेकाले बढीमा वैशाख भर वा ७ देखि १५ दिन परीक्षणका रूपमा आन्तरिक उडान बन्द गरिने उनको भनाइ छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *