साइप्रस न्युज

एनआरएनएको दोस्रो मोबाईल ब्लड बैकं सुदुरपश्चिम प्रदेशका लागि रुपन्देही समाज साईप्रसद्धारा आर्थिक सहयोग

शेयर गर्नुहोस्

पुरन मगर युरोप ,साईप्रस ,
युरोपियन देश साईप्रसमा केही महिना स्थापना भएको रुपन्देही समाजले आफनो पहिलो सहयोग एनआरएनएद्धारा सन्चालित मोबाईल ब्लड बैकं सुदुरपश्चिमलाई गरेको छ । साईप्रसमा लुम्बिनी प्रदेशबाट धेरै नेपालीहरु घरेलु श्रमिकको रुपमा कार्यरत रहेको र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अझै प्रचार प्रसार गर्ने , समग्र लुम्बिनी प्रदेश , रुपन्देही जिल्लालाई विकास निमार्ण , दुखि गरिबहरुलाई सहयोग गर्ने उद्देश्यले रुपन्देही समाज गठन गरिएको छ ।

समाजकी संयोजक जानु अधिकारकी कार्कीका अनुसार जिवनमा सबै भन्दा जरुरी एक मानिसले अर्को मानिसलाई बचाउने , सहयोग गर्ने भएकोले आफुहरुको पहिलो सहयोग सारा नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सघं साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल मार्फत ब्लड बैकंका लागि रु १५ हजार सहयोग गरेको जानकारी दिनुभयो ।

विश्वले चिन्दै आएको लुम्बिनी रुपन्देही जिल्लामै रहेको , विभिन्न ठुल्ठुला तारे होटल , पर्यटकीय स्थलहरु प्रयाप्त रहेको , विकास निमार्णमा अगाडी रहेको रुपन्देही जिल्लाको अझै केही ठाउहरुमा विकास निमार्ण , गरिबका छोराछोरीहरु स्कुल जानबाट बन्चित भएकोले आफुहरु सदैव उहाहरुलाई सहयोग गर्ने सह संयोजक बिभा गहतराजले बताउनु भयो ।

साईप्रसमा रहेका रुपन्देही बासी , लुम्बिनी प्रदेशबासीहरुलाई समेत रुपन्देही जिल्लाले धेरै सहयोग गरिरहेको ,सबैको आगमन रुपन्देही जिल्ला नै भएकोले सबैलाई रुपन्देही समाजसगं जोडिनका लागि अर्की सह संयोजक सिता भट्टराईले आग्रह गर्नु भएको छ । रुपन्देही जिल्लामा अन्तरराष्टिय स्तरको विमानस्थल निमार्णधिन अवस्थामा रहेको , बुद्धलाई अझै सारा नेपालीहरुले साईप्रसमा पनि प्रचार प्रसार गर्दै लुम्बिनीमा यहाका लोकल मानिसहरुलाई समेत भ्रमण गर्न उत्साहित गर्नुपर्ने अर्की सह संयोजक सरस्वती न्यौपाने पाण्डेको आग्रह रहेको छ । रुपन्देही समाज साईप्रसमा हाल सम्म २९ जना सदस्यहरु जोडिनु भएको र अगामी दिनहरुमा अन्य सबै रुपन्देहीबासीहरुलाई जोडिने प्रयास भैरहेको महासचिव खुम रेश्मी मगरले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *