प्रवास

विश्व प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता दिवसको अवसरमा एफएनजे युरोपद्धारा शुभकामना अदानप्रदान

शेयर गर्नुहोस्

साईप्रस , नेपाल पत्रकार महासघं युरोप शाखाले बिश्व प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता दिबसको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।

महासघंका अध्यक्ष प्रेम बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा युरोप भरि रहेका पत्रकारहरुले आफुले पत्रकारिताको दौरानमा भोकेका कुराहरु , समस्याहरु ,नेपाली समाजलाई अगाडी बढाउन आफुहरुले खेलेको भुमिका लगाएतका विषयमा अनुभाव सुनाएका थिए ।

एफएनजे युरोप शाखाका महासचिव द्रोण रिजालको संचालनमा भएको कार्यक्रममा पत्रकार महासघं युरोप शाखाकै सचिवहरु शेर बहादुर परियार पोल्याण्ड , कमल पराजुलि स्पेन , महिन्दो वाईबा , उपाध्यक्षहरु प्रेपचन्द्र पोमु , जगंम खडका , दिल निसानी मगर ,तथा सदस्यहरु युवराज फुयांल ,दिनेश गौतम साईप्रस , अनिल पौडेल पोल्यण्ड लगाएतले शुभकामना दिनुभएको थियो ।

साथै पत्रकारहरुको जिवन रक्षाका लागि सबै पत्रकारहरु एकजुट भएर अगाडी बढनुपर्ने सबैको धारणा रहेको थियो । कोभिडले गर्दा धेरै पत्रकारहरु, प्रदेशमा बस्ने पत्रकारहरुको बेरोजगार भएको , प्रवासमा बस्ने पत्रकारहरुको अवस्था लगाएतका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *